लिफ्टबाट खानेपानी

सल्यान : सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ मा लिफ्ट सिस्टमबाट खानेपानी पुगेको छ । वडा नम्बर ६ का करिब दुई सय ७५ घरधुरी लाभान्वित हुनेगरी यहाँ लिफ्ट सिस्टमबाट खानेपानी पु¥याइएको हो ।

१३ सय मिटर दुरीबाट ल्याााएर साढे तीनसय मीटर सिधा उचााइमा लिफ्ट सिस्टमबाट करिब ५५ लाखको लागतमा टाकुरा भन्ने ठाउँमा खानेपानी पु¥याइएको वडाध्यक्ष भिखराज बुढाथोकीले जानकारी दिए । अब त्यहाँबाट विभिन्न गाउँका दुई सय ७५ घरधुरीलाइ पानी वितरण गरिने उनको भनाइ छ । उक्त मुलाखोला लिफ्ट खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।

लामो समयसम्म खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका स्थानीयहरु गाउँमै पानी पुगेपछि खुशी भएका छन् । गाँउमा खानेपानी नहुदाँ डेढ दुई घण्टा टाढा बाट डोकोमा गाग्री बोकेर खानेपानी ल्याउनु पर्ने बाध्यता टरेको बताउँदै ६७ वर्षीया बाटुली नेपालीले अब भने खानेपानीको समस्या टरेको भन्दै हर्षित भइन् । जन्म स्थानपनि यही ठाउँमा रहेको र विवाह पनि गाउँमै भएको बताउँदै उनले सानै उमेरदेखि खानेपानीको पीडा भोग्नु परेको बताइन् ।

पिउने पानी मात्रै नभएर सरसफाई गर्ने, घरायसी काममा प्रयोग गर्ने र बस्तु भाउलाई समेत खुवाउनु पर्ने भएकाले दैनिकी खानेपानी ओसार्दैमा बित्ने गरेकाले धेरैजसो समयमा खान समेत नपाइएको उनले बताइन् । इन्द्रा कुमारी डाँगीले गाउँका सबैजसोले एउटै धाराबाट पानी भर्नु पर्ने कारणले अधिकाँश समय धारामै बित्ने गरेको बताइन् । सुत्केरी भएको समयमा होस वा विद्यालय जाने बालबालिका कसैलाइ पनि पालोभन्दा अगाडी पानी भर्न नपाइने भएकाले उनिहरुले समेत धेरै दुख पाउने गरेको उनले बताइन् ।

राती तीन बजेको पानीको मुहानमा जाने र त्यहाँबाट करिव सातबजे तिर मात्रै घरमा आउने गरेको बताउँदै उनले अब गाउँमा पानी आएसँगै असहाय परिवारलाइ धेरै राहत हुने भएकाले धेरै खुशी भएको उनले बताइन् । स्थानीय भगवती परियारले ट्यांकीसम्म पानी आएकोमा खुशी व्यक्त गर्दै अब छिट्टै घरघरमा धारा जडान गर्न सके वास्तविक राहतको महसुस हुने बताइन् ।उनले नगरपालिका र वडाको पहलमा भएको यस कार्यको प्रशंसा गर्दै घरघरमा धारा पुर्याएर सबैले घरमै पानी भर्न पाए अझै सहज हुने बताइन् ।

‘अब स्थानीयले यसको संरक्षण गर्नेपर्छ ’ खानेपानीको उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख शुरेस अधिकारीले लिफ्ट सिस्टमबाट खानेपानी आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अब स्थानीयले यसको संरक्षणमा जोड दिनुपर्ने बताए । आफुले निर्वाचनको समयमा स्थानीयसँग गरेको बाचा पुरा गरेको विश्वास दिलाउँदै आगामी वर्षमा शिक्षा र स्वास्थ्यमा समेत लगानी बढाउने उनले प्रतिबद्दता व्यक्त गरे । यस्तै उप प्रमुख सावित्रा बस्नेतले महिलाहरुले खानेपानीको अभावमा कसरी सामना गरेको हुन्छ त्यो आफुलाइ महसुस भएको बताइन् ।

अब दुखका दिनको अन्त्य भएको बताउदै उनले नगरपालिकाले संचालन गरेको यस आयोजनाबाट यहाँका सबै स्थानीयले राहत महसुस गर्ने बताइन् । ठेकेदार सम्मानितआयोजनाको जिम्मा लिएका भगवती कन्ट्रक्सनका प्रोपराइटर जिमजियाँग राइलाइ धन्यवाद सहित सम्मानित भएका छन् । २०७६ असारमा सम्झौता भइ एक वर्ष भित्र काम सक्नेगरी नगरपालिकासँग सम्झौता गरेका उनले सम्झौताको समय सकिनु ४ महिना अगावै निर्माण कार्य सकेका हुन् । उनले यहाँ काम शुरु भइपछि केही विवाद उत्पन्न भएकाले अझँ केही समय बढी लागेको बताए । जिमजियाँग राइले अहिलेसम्म आफुले ठेक्का लिएका सबै कामहरू समयअगावै नै सम्पन्न गर्ने गरेको बताए । तोकिएको समय अगाडिनै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाइ सरकारले बोनस समेत दिने गरेको छ ।

तपाईको प्रतिक्रिया