सम्पादकीय : फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाऊ

वीरेन्द्रनगर कर्णाली प्रदेशको मुख्य व्यापारीक केन्द्र हो । खासगरी वीरेन्द्रनगर प्रदेश राजधानी घोषणासँगै बजारीकरण तीव्र पाएको छ । दिनप्रतिदिन बजार विस्तार भइ रहेको छ । ठूला उद्योगहरु नखुले पनि सुपरपार्केटको लहरनै छाएको छ ।

पहिले बीचबजारमा केन्द्रीत व्यापार व्यवसाय अहिले जुम्लारोड र यरिचौक हुँदै विस्तार हुन थालेको छ । बढ्दो बजारीकरणसँगै यहाँको फोहोर व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । तर उद्योगी र नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाउन सकेका छैनन् । फोहोरलाई मोहरमा परिणत गर्नसक्ने थुप्रै सम्भावना भए पनि त्यसको खोजी गरिएको छैन ।

तर मंगलबार मात्रै वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनामा सानै भए पनि फोहोरबाट उर्जा र प्राङ्गारिक मल उत्पादन गर्न कस्सिएको छ । नगरपालिकाले फोहरबाट ग्यास निकाल्ने परियोजना सुरु गरेको छ । करिव कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहोरबाट बायोग्यास निकाल्ने योजना बनाएको छ ।

उत्पादित ग्यासलाई पाइपलाइन बाट एक हजार तीन सय घरमा वितरण गर्ने महत्वकाँक्षी योजना बनाए छ । करिव १४ करोड १५ लाख ६२ हजारमा सम्पन्न हुन करिव एक वर्ष लाग्ने छ । फोहोरबाट उर्जा निकाल्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माण कम्पनी केपी व्यवसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । यो कदमले थोरै भए पनि आशा पलाएको छ ।


तर यो परियोजना तोकिएकै समयमा सम्पन्न होला भन्ने आधारभने छैन । किनकी तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ भन्ने मानसिकता नै छैन ।परियोजनाले नगर सफा राख्न र छाडा चौपाया व्यवस्थापनमा सहयोग बन्ने देखिन्छ । पशु बधशालाबाट उत्पन्न हुने फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने छ । तर यही योजनाले मात्रै वीरेन्द्रनगरको फोहोर व्यवस्थापन सम्भव छैन । बढ्दो शहरीकरणलाई ध्यानमा राख्दै अन्य योजनाहरु पनि सोच्नु आवश्यक छ ।

अहिलेनै फोहोर व्यवस्थापनमा गम्भीर बन्न सकिएन भने वीरेन्द्रनगर दुर्गन्धित नहोला भन्न सकिदैन । फोहोरबाट उत्पन्न हुनसक्ने महामारीजन्य रोगबारे अहिले नै सचेत बन । तर अहिले कानमा तेल हालेर बसेपछि पछुताउने अवस्था आउन नदेऊ । त्यसका लागि अहिलेसम्म जंगलमा फ्याँकिदै आएको फोहोरलाई सदुपयोग गर । वीरेन्द्रनगर नगरपालिका र नीजि क्षेत्र मिलेर फोहोरलाई मोहरमा परिवर्तन गर्न दीर्घकालिन योजना बनाऊ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार