विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा ‘प्रयोगात्मक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई सार्थक तुल्याउन कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले बुधबार विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्य ठम्मर विष्टले कर्णाली प्रदेशको विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्नुपर्ने र यसका लागि कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले आवश्यक सहकार्य गर्ने बताए ।


यस्तै राष्ट्रिय परीक्षा बोर्डका सुर्खेत कार्यालयका प्रमुख जीतबहादुर शाहले कर्णाली प्रदेशका शैक्षिक विकासमा अगाडि बढ्दै गएको जानकारी दिए ।

सिटिइभिटी कर्णाली प्रदेशका प्रमुख हेमन्त पराजुली, प्याब्सन केन्द्रीय कमिटीका सल्लाहकार सागर भुसाल, प्याब्सन कर्णाली प्रदेशका उपाध्यक्ष नैनसिह खत्री, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सहकोषाध्यक्ष कमल नेपाल लगायतको उपस्थिति रहेको थियो । कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरका अध्यक्ष गोपाल बस्यालको अध्यक्षता र अग्निधर पराजुलीको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लालहरि पाण्डेले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार