वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्न त्रिपक्षिय सम्झौता : बायोग्यास र जैविक विषादी उत्पादन गर्ने लक्ष्य

सुर्खेत : कर्णाली सरकारले अर्गानिक प्रदेश घोषणा गर्ने अवधारणा अघि सारेको छ । सरकारले अर्गानिक प्रदेश बनाउँन विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत र दैलेखमा मात्रै रसायनिक मलको उच्च प्रयोग छ । बाँकी कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रसायनिक मल प्रयोगमा प्रतिवन्धित छ ।

वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकारले अघि सारेको अर्गानिक मोडेललाई टेवा पु¥याउन दैनिक नौं टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित त्रिपक्षिय सम्झौता गरेको छ । वीरेन्द्रनगरका सडकहरुमा रहेका छाडा पशुहरुको दिर्घकालिन व्यवस्थापन गर्ने र फोहोरबाट बायोग्यास उत्पादने गर्ने परियोजनाको उदेश्य छ । बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र केपि व्यवसायिक सेवाविच काठमाडौंमा मंगलबार सम्झौता गरिएको हो ।

कुल ३० टन क्षमताको परियोजनाबाट दैनिक सातसय २० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ भने परियोजनाबाट करीब एक हजार तीनसय घरधुरी लाभान्वित हुनेछन् । परियोजना सञ्चालन गर्न झण्डै १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान छ ।

〈कुल ३० टन क्षमताको परियोजनाबाट दैनिक सातसय २० केजी
प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ ।〉

यो लागतमा बैकल्पिक ऊर्जाको ४०, प्रदेश, स्थानीय सरकार र नीजि क्षेत्रले ६० प्रतिशत व्यहोर्ने छन् । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ । विश्व बैंको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत कार्यान्वयन गरिने छ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ ।

परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गरिने छ । परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहोर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहोर उपयोग गरिनेछ ।

वीरेन्द्रनगर नगरपालिकाले फोहोरहरुको वर्गिकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गर्नेछ । वीरेन्द्रनगर–११ सिमलकुनामा केपि व्यवसाय सेवाले छाडा पशुचौपाय व्यवस्थापनका लागि गौशाला निर्माण गरिरहेको छ । एकसय छाडा चौपाय राख्ने क्षमताको गौशला निर्माण भइरहेकाले सिमलकुनाबाटै बायोग्यास उत्पादन गर्ने राण्नीतिमा नगरपालिका छ । वीरेन्द्रगरको पदमपुरमा रहेको राँगा बधशालाको फोहोर पनि संकलन गरेर सिमलकुनामा लगिर मल र वायोग्यास उत्पादन गर्नेगरी परियोजना सञ्चालन गर्न लागेको नगरपालिका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।


परियोजना सञ्चालन गर्न एक वर्ष लाग्ने

बृहत बहुउदेश्यीय नमूना परियोजनाको रुपमा स्थापित गर्नेगरी सम्झौता गरिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । एक वर्षमा काम सम्पन्न गरेर त्रिपक्षिय सम्झौता गरिएको बताएका प्रमुख सुवेदीले नगरपालिकाले अगुवाइ गरेर काम अघि बढाउन लागेको जनाए ।

‘सात महिनादेखी जुटेको थियौं, अथक प्रयासपछि सम्झौता गरेका छौं’ सुवेदीले भने, ‘प्रदेशकै नमूना परियोजनाको रुपमा सञ्चालन गर्न प्रदेश सरकारसँग पनि थप बजेटका लागि अपिल गर्नेर्छौं ।’ अर्गानिक विषादी पनि उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाउन लागेको उनले जानकारी दिए । अर्गानिक प्रदेशको अवधारणालाई पूर्ण रुपमा टेवा पु¥याउन जैविक मल, जैविक विषादी र वायो ग्यास उत्पादन गरिने उनको भनाइ छ ।

परियोजनाले नगर सफा राख्न र छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा सघाउ पु¥याउने भएकोले परियोजना बहुउपयोगी बन्ने विश्वास सुवेदीको छ । ‘नीजि क्षेत्रले आयोजनाको उपकरण खरीद र दीगो रुपमा सञ्चालनमा विशेष ध्यान दिनुपर्छ’ सुवेदीले भने, ‘त्यसका लागि नगरपालिकाले समन्वय गरेर प्रभावकारी कार्यान्वयमा तिव्रता दिनेछ ।’

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार