६ अर्ब लगानीमा १० थान ‘ब्रान्ड न्यु’ जहाजबाट दुर्गम उडान गर्ने बुद्धको घोषणा

काठमाडौं : दुई दशकभन्दा बढी अवधिदेखि सुगम भेगमा मात्र हवाईसेवा दिँदै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले दुर्गम भेगमा उडान सञ्‍चालन गर्ने घोषणा गरेको छ । छुट्टै कम्पनी स्थापना गरी दुर्गम भेगका विमानस्थलमा उडान सञ्‍चालन गर्ने तयारी अगाडि बढाएको बुद्धले त्यसका लागि न्यूनतम ६ अर्ब रुपैयाँ लगानी गर्दैछ।

‘हामी अर्को वर्ष साउन तेस्रो सातादेखि असोज दोस्रो साताभित्र दुर्गम भेगमा उडान सञ्‍चालन गर्ने लक्ष्य लिएर काम गरिरहेका छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेतले बिहीबार नेपालन्युजसँग भने, ‘यसका लागि १० थान ‘ब्रान्ड न्यु’ जहाज ल्याउने छौं। यी जहाजका लागिमात्रै न्यूनतम ६ अर्ब रुपैयाँ लगानी हुनेछ।’

बस्‍नेतका अनुसार दुर्गम उडानका लागि आवश्यक जहाज एक अमेरिकी कम्पनीसँग खरिद गर्ने प्रस्ताव तयार भइसकेको छ  । अत्याधुनिक प्रविधियुक्त त्यस्ता जहाज १८ सिट क्षमताका हुनेछन्। पहिलो वर्ष दुईथान, अर्को वर्ष बाँकी तीन र त्यसपछि बाँकी पाँच जहाज ल्याइने उनले जानकारी दिए । ‘हामी नयाँ कम्पनी स्थापना गरेर दुर्गम उडान गर्ने छौं,’ बस्‍नेतले भने, ‘नयाँ कम्पनीमा बुद्ध एयरको ५५ प्रतिशत स्वामित्व हुनेछ भने बाँकी ४५ प्रतिशत स्वामित्व बुद्धकै कर्मचारीलाई दिइने छ। नयाँ कम्पनीको व्यवस्थापन भने बुद्धले नै हेर्ने छ।’

उनका अनुसार प्रतिथान ६० लाख अमेरिकी डलर ९६६ करोड रुपैयाँ० पर्ने १० थान जहाज ल्याइने छ। १० जहाजका लागिमात्र ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुने भए पनि वार्तापछि अन्तिम मूल्य तय हुनेछ । ‘१० थान जहाजको कूल मूल्यको ८० प्रतिशत ‘एक्सपोर्ट(इम्पोर्ट’ ९एक्जिम० बैंकबाट ऋण लिने छौं,’ उनले भने, ‘बाँकी २० प्रतिशत बुद्ध एयरले लगानी गर्ने छ।’ बस्‍नेतका अनुसार जहाज निर्माता कम्पनीसँग सिधै १० थान जहाज खरिद गरिने भएका कारण खरिद प्रक्रियामा कतै पनि कमिसन वा कुनै बिचौलिया ९एजेन्ट० को उपस्थिति हुनेछैन ।

‘यदि जहाज निर्माता कम्पनीले नेपालमा एजेन्ट राखेको छ भने हामीलाई त्यो मान्य हुनेछैन,’ प्रबन्ध निर्देशक बस्‍नेतले भने, ‘हामी जहाज खरिद सम्झौता हुनुअघि यी सबै कुरा निश्‍चित गर्ने छौं र यो हाम्रो पहिलो सर्त हुनेछ ।’ कम्पनीले बनाएको योजनाअनुसार सुरुमा आउने जहाजमध्ये दुईवटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बाँकी दुईलाई नेपालगन्ज र एउटालाई पोखरा विमानस्थलमा तैनाथ गरिने छ। अधिकांश कर्मचारी बुद्धकै भए पनि १० थान नयाँ जहाज उडाउन भने सबै पाइलट नयाँ नै लिइने छ ।

कम्पनीले आफूले विगतमा उडान नगरेका नयाँ गन्तव्यमा भने नयाँ कर्मचारी नियुक्त गर्ने जनाएको छ। गुल्मी, खोटाङजस्ता नयाँ गन्तव्य प्राथमिकतामा पर्ने कम्पनीको भनाइ छ । लाङटाङ, खप्तडलगायत नामी पर्यटन गन्तव्य जहाँ विमानस्थल छैनन्, त्यहाँ सरकारलाई घच्घचाएर विमानस्थल निर्माण गर्न लगाइ नियमित उडान गर्ने कम्पनीको दीर्घकालीन सोच छ । बुद्धले पहिलो चरणमा पूर्वका लुक्ला, भोजपुरलगायत गन्तव्यबाट दुर्गम भेगको उडान सुरु गर्ने योजना बनाएको छ । दुर्गम भेगमा सडक यातायातको भरपर्दो अवस्था नभएका कारण हवाईसेवा एकमात्र विकल्प भएको कम्पनीको भनाइ छ ।

‘बाइस वर्षसम्म अनवरत सेवा गरेर सुगम क्षेत्रको हवाई उद्योगलाई ‘रिडिफाइन’ गर्न सफल भयौं र अब दुर्गम भेगको उडानलाई ‘रिडिफाइन’ गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं,’ प्रबन्ध निर्देशक बस्‍नेतले भने, ‘मेचीदेखि महाकालीसम्मका दुर्गम गन्तव्यमा उडान सुरु भएपछि स्थानीय अर्थतन्त्रमा बहुगुणा प्रभाव पर्ने निश्‍चित छ ।’ उडान सुरक्षा, सेवा, सुविधा, वित्तीय दिगोपना, सबै क्षेत्रमा कायापलट गर्ने लक्ष्य कम्पनीले लिएको छ। सुगम गन्तव्यका यात्रुलाई जस्तो सुविधा दिइएको छ, त्यस्तै सुविधा दुर्गमका यात्रुलाई पनि दिइने बस्‍नेतले बताए ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

‘सरकारले तोकेको भाडा दरमा दुर्गम भेगमा उडान गर्ने छौं,’ उनले भने, ‘भाडामा कार्टेलिङ गर्दैनौं, हाम्रो मापदण्ड पूरा गर्छौं । यसबाट हामीलाई मात्र होइन यात्रुलाई पनि अवश्य फाइदा पुग्‍ने छ। आन्तरिक र वाह्य पर्यटन विकास, प्रवर्द्धन र प्रचारप्रसारमा हामी उल्लेख्य योगदान पुग्‍ने गरी काम गर्ने छौं जसबाट एउटा नयाँ आयाम सुरुवात हुनेछ ।’ नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति बुद्धसँग छ । कम्पनीको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ ।

आन्तरिक उडानसँगै भारतका बनारस र कोलकाताका लागि नियमित उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल १ हजार कर्मचारी काम गर्छन् । बुद्धले आर्थिक वर्ष २०७५र७६ मा १४ लाख ४८ हजार ४ सय २८ यात्रु बोकेको थियो । अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा भने १२ लाख ७८ हजार ६ सय १५ यात्रु बोकेको थियो ।

बुद्धसँग हाल फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा उत्पादित ७२ सिट क्षमताका सातथान ‘एटिआर७२(५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर ४२/३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट(१९००डी’ सिरिजका जहाज छन् । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक चार दर्जनहाराहारी उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्‍नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

                                                                                         (नेपालन्युजबाट)

तपाईको प्रतिक्रिया