भारतमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो

भारतमा कोरोनो भाइरस (कोभिड– १९) बाट संक्रमितको ४३ पुगेको छ । केरलमा एक तीन वर्षीय बालकलाई पनि कोरोना संंक्रमणको पुष्टि भएको छ । सामान्यतया १० वर्ष मुनीका बालबालिकामा कोरोनाको संक्रमण देखिंदैन ।

ती बालक आफ्ना आमा–बुवासँग दुई दिनअघि मात्र इटलीबाट फर्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती बालकलाई कोचीन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो । अहिले बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनका आमा–बुवाको परीक्षण भइरहेको छ ।

केरलमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यिमध्ये तीन जना हालै इटलीबाट फर्केका थिए । सोमबार मात्रै दिल्ली, उत्तर प्रदेश र जम्मू कश्मीरमा थप एक एक जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोेना संक्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट विश्वभरमा संंक्रमितको संंख्या एक लाख दश हजार एकसय १० पुगेको छ जसमध्ये ६२ हजार तीनसय ५५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३१ पुगेको छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

तपाईको प्रतिक्रिया