दुई महिनामा सात घाइते बन्यजन्तु भेटिए

सल्यान : सल्यानमा घाईते अवस्थामा भेटिएको जंगली जनावर घोरल उपचारको क्रममा मरेको छ । जिल्लाको शारदा नगरपालिका स्थित दोमाटीमा गत बुधबार घाईते अबस्थामा भेटिएको घोरल उपचारको क्रममा मरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

कुकुरले लखेट्दै गरेको अबस्थामा प्रहरीले उद्धार गरेर वन कार्यालयमा बुझाएको थियो । तर उपचारको क्रममा घोरल मरेको डिभिजन वन कार्यालय सल्यानमा निमित्त डिभिजनल वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो । उनका अनुसार पछिल्लो दुई महिनाको अवधिमा जिल्लामा सात वटा जंगली जनावर घाइते अबस्थामा भेटिएका छन् ।


ती मध्ये चार वटा मरेका छन् भने तीन वटाको प्राथामिक उपचार पश्चात जंगलमा छोडिएको छ । जंगली जनावर पानी पिउन तथा गहुँ लगाएतका खानेकुरा खान गाँउ, खोला तथा कुवाको आसपासमा जाने र स्थानियले पालेका सिकारी कुकुरहरुले आक्रमण गर्दा जंगली जनावर घाईते भएको हुनसक्ने वन कार्यालयले जनाएको छ ।



ताजा समाचार