साहुलाई घरजग्गा सुम्पिएर विस्थापित

जाजरकोट : भेरी नगरपालिका–११ कट्टीगाउँ जाजरकोटका धर्मबहादुर वरले घरजग्गा साहुलाई सुम्पिएर दुई वर्ष अघि गाउँ छोडे ।  उनी पाँच जनाको परिवारसहित भारत गएका छन्् । धर्मबहादुर अहिले भारतको कुन ठाउँमा छन ? उनले के काम र कनु पेशा गरिरहेका छन् भन्ने कुनै अतोपतो छैन ।

सोही बस्तीका गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउ छोडे । ६ जनाको परिवारसहित बर्दिया कोठीयाघाटको ऐलानी जग्गा बसेका छन् ।  ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर विरभान वरको परिवारले ६ महिना पहिले गाउँ छोडेको छ । चार जना परिवारसहित उनी भारत हानिएका छन् । सोही ठाउँका मागे सुनारको पनि चार महिना पहिले बस्ती छोडे ।

घरजग्गा साहुलाई नामसारी गरेर चारजनाको परिवारसहित उनी भारत हिडे । साहुँको ऋण तिर्न नसकेर गाउँछोड्न बाध्य भएका यि त प्रतिनीधि पात्र मात्र हुन् । जाजरकोटको भेरी नगरपालिका–११ नम्बर कट्टीगाउँ एउटा दलित बस्ति नै विस्थापित हुने अवस्थामा पुगेको छ । एक सय २० घरधुरी रहेको कट्टीगाउँका अधिकाँसले बस्ती छोडिसकेका छन् । साहुको ऋणबाटै जीवन निर्वाह गर्दै आएका उनीहरुले साहुलाई ऋण तिर्न नसक्दा विस्थापिन हुनु परेको छ । बाजेकोपालादेखि साहुको ऋण तिर्न नसेक्दा गाउँबाटै पिस्थापित हुनु परेको हो ।

उनीहरुले साहुबाट एक मुष्ट ऋण भने लिएका होइन्न । पसलबाट लिएको सामानको मुल्य तिर्नन सक्दा अधिकाँसले गाउँ छोड्नु परेको छ । उनीहरुका साहु जगतिपुरमा पसल थापेर बसेका यदुप्रसाद आचार्य र हरिप्रसाद शर्मा हुन् । कट्टीगाउँका एक सय २० घरधुरी मध्ये अधिकाँसले उनीहरुले पाँचदेखि आठ लाखसम्मको ऋण लिएका छन् । नुनदेखि सुनसम्मको सबै सामानहरु पाईने ऋणको व्याज तिर्न नसक्दा नागरिकहरु गाउँ छोड्न बाध्य भएको वडा सदस्य नन्दबहादुर विकले बताउँछन् ।

तपाईको प्रतिक्रिया