ट्रक तथा ट्याक्टर व्यावसायीको २१ औं बार्षिक साधारण सभा

सुर्खेत : मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यावसायी संघ सुर्खेतको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । भने अधिवेशन भने केही समयका लागि सारिएको छ साथै अधिवेशन नहुन्जेल सम्मको लागि बर्तामानको समितिले नै निरन्तता दिने मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यावसायी संघ सुर्खेतका प्रमुख रमेश राईमाझीले बताए ।

उनका अनुसार कार्याक्रममा व्यावसायीमा आवद्धभएका सदस्य तथा कर्मचारीका छोराछोरीलाई २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्नेका दुई जनालाई १५ हजारको चेक तथा प्रमाण–पत्र समेत प्रधान गरिएको छ । प्राप्त गर्नेमा हरिबहादुर बुढाक्षेत्रीको छोरा विपिन बि.सी र कर्णबहादुर थापाको छोरी विष्णु थापालाई प्रदान गरिएको हो । साथै यस संघमा आवद्ध रहेका ट्याक्टर सदस्य तथा चालक स्व.प्रेमबहादुर कार्कीको श्रीमति चन्द्रा कार्कीलाई क्षेतीपुर्ती रकम एक लाख ५० हजार चेक प्रदान गरिएको छ ।


ट्रक तथा ट्याक्टरबाट कुनै प्रकारको दुघर्टना भएकोमा दिइने तीन लाख बिमा रकम बाट बढाएर सात देखी १० लाख सम्म पु¥याउँने, यदि कसैको मृत्यु भएमा दिइने पाँच लाख रकम बाट बढाएर १० लाख सम्म पु¥याउँने साथै ट्रक तथा ट्याक्टरमा लगाइएको भ्याट तत्काल हटाउँने पर्ने नियर्ण व्यावसायी संघ सुर्खेतले गरेको छ ।
कार्यक्रमको प्रमुख अथिति नेपाल ट्याक्टर व्यासायी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र प्रकाश अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



ताजा समाचार