सुर्खेत र कैलालीको सीमानामा पर्ने कुइनेमा पनि हेल्थ डेस्क

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेत र कैलालीको सीमानामा पर्ने कुइनेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले सामाजिक मन्त्रालयबाट प्रस्तावित कोरोना भाईरस प्रतिकार्य सम्बन्धमा प्रस्तावलाई स्वीकृत गर्दै कुइनमा समेत हेल्थ राख्ने निर्णय गरेको हो ।

हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा हेल्थ डेस्क राख्ने र आवश्यक बजेट तथा जनशक्ति सरकारले व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनले प्रदेशभर मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम नगर्ने, अनावश्यक आवत जावत, हात मिलाउने र गला मिलाउने कार्य नगर्न पनि निर्णय गरेको बताइन् ।

उत्तरी नाकालाई विशेष ढंगले कडाई गर्ने, कालो बजारी गर्नेलाई कडाई पुर्वक कारवाही गर्ने, कोरोना भाईरसबारे आतंकित नहुन र उच्च सर्तकताहरु अपनाउन विभिन्न निकायहरुसँग समन्वय गरि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि मन्त्रीपरिषदको बैठकले निर्णय गरको छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

तपाईको प्रतिक्रिया