मोफसलमा सुर्खेत मोडेल कलेजकी छात्रा अन्जना उत्कृष्ट


सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको सुर्खेत मोडेल कलेज (वीआइएम) दोस्रो सेमेष्टरको नतिजामा काठमाण्डौ उपत्यका बाहिर पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट २०७६ साल असोजमा संचालित (वीआइएम) कार्यक्रमको दोस्रो सेमेष्टरमा नियमित परीक्षामा अधिराज्यका कलेजहरुमध्ये यस कलेजकी छात्रा अन्जना राम्जालीले ३.७८ एस जिपिए सहित मोफसलमा उत्कृष्ट हुन सफल भएकि हुन ।

भने समग्रमा देशभरका विद्यार्थीहरु मध्ये उत्कृष्ट आठौ स्थानमा पर्न सफल भएकि छन् । यस अघि पनि व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा सहित देशभर परिचित यस कलेजले स्नातक तहमा व्यवहारिक तथा जिवन उपयोगी विषयहरु वीआइएम, वीएचएम, वीवीएस र स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीको एमवीस कार्यक्रम संचालन गर्दै आइरहेको छ । कर्णाली प्रदेशमै पहिलो पटक त्रिभुवन विश्वविद्यालयको वीएचएम र स्नातकोत्तर तहका एमवीस कार्यक्रम संचालन गरिरहेको छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

तपाईको प्रतिक्रिया