डोल्पामा कोरोनाको त्रास : केहि समय पहिला फैलिएको रोग कोरोना नभई मौसमि रुघाखाकी भएको पुष्टि

रामचन्द्र न्यौपाने 

सुर्खेत :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिन अघि हेलिकप्टर बाट सुर्खेत ल्यहिएको तीन जना बिरामिको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँनै थला पार्ने गरि दुईसाता देखि फैलिएको उक्त रोग कोरोना नभई मौसमि रुघाखोकी भएको जिल्ला अस्पतालका डा.मेलिना हमालले जानकारी दिइन् । ‘शुक्रबार साझँमात्रै टेकुबाट ल्याब परीक्षणको रिपोर्ट आयो, रिपोर्टमा अरुबेला लाग्ने जस्तै मौसमि रुघाखोकी भएको पुष्टि भएको छ’ डा हमालले भनिन् ।

‘सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरीनै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सहि तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।’ अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाई कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्ने लगाएतका स्वास्थ सम्बन्धि धेरै कुराहरु सिकाएको डा. हमालले बताइन् ।


पाँच जना स्वास्थकर्मीले लेखनाथ आधारभुत बिद्यालयमा क्याम्पनै खडा गरेर नियमित उपचार सुरु गरेपछि अहिले बिरामिको अवस्थामा सामान्य भएको छ । दैनिक औषधि खाएपछि आफुहरु पहिलाको जस्तै स्वस्थ भएको एकसाता देखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए । दुईसाता देखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका एक सय ५० जनाको नियमित उपचार गरेपछि बिरामिहरु सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा.मेलिना हमालले बताइन् ।

सरसफाईमा ध्यान नदिएकै कारणले एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँ भरिनै मौसमि रुघाखोकीको फैलिएको स्वास्थकर्मीले बताए । गाउँदेखि स्वास्थ चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वमं सेविकालाई तालिम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थकर्मीले बताएका छन् ।

‘यति सानो गाउँका लागि राज्यले हेलिकप्टरमा औषधि सहित डाक्टर पठायो, त्यस्तै स्थानीय स्वास्थकर्मी पनि पुगे, सयौँको सङ्ख्यामा रहेका बिरामिको उपचार सम्भब भयो” वडा नं १ का वडा सदस्य ज्ञानबहादुर बुढाले मुस्कुरादैँ भने ।’ साथै बुढाले गाउँको वास्तबिक अवस्था समयमै बाहिर ल्याएर सबैको ध्यानाकर्ष गर्ने मिडिया, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन, प्रदेश सरकार, संघिय सरकार र बिशेष गरेर स्वास्थकर्मीप्रति बुढाले आभार प्रकट गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार