परिवार पाल्‍न साबेल र घन ठोक्दै मुगुका महिला

मुगु : हिमाली जिल्ला मुगुमा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह छन् । यीमध्ये दुई गाउँपालिका पश्चिम खत्याड गाउँपालिका र उत्तरी सोरु गाउँपालिकामा यतिबेला धमाधम सिँचाइका लागि कुलो निर्माणको काम हुँदैछ, तर फरक तरिकाले ।

विगतमा सिँचाइ कुलो निर्माण गर्दा र यो समयमा सिँचाइ कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन् । केही स्थानीय कामदारले भने, ‘विगतमा निर्माणको काम गर्दा बिना सुरक्षा गरेका थियौँ, कहाँ के हुने हो डर लाग्थ्यो । तर अहिले सुरक्षा सामग्रीका साथ काम गर्न पाएकाले त्यस्तो केही डर छैन ।’ जिउ ज्‍यानको सुरक्षा र प्राथमिक उपचारका लागि औषधि पनि साइटमा राखेर काम गर्न पाउँदा आफूहरू खुसी रहेको कामदार बताउँछन् ।

आ–आफ्नै काममा व्‍यस्त कुलो निर्माणमा जुटेका महिला–पुरुष सबै कामदारले नीलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएर सबैजना बिहानै काममा जान्छन् । दिनभरि कुलो निर्माणको काममा व्यस्त हुन्छन् । तीमध्ये केहीले साबेल केहीले घनले हानेर पहरा फोडी कुलो निर्माण गर्ने गरेका छन् । कोही कुलो निर्माणका लागि जाली बुन्दै छन् भने कोही सिमेन्ट बालुवा नजिक पर्‍याई काम गरिरहेका छन् । खत्याडमा रहेको एक सिँचाइ कुलो निर्माण सकिएको छ । बाँकी पाँच वटा कुलो निमार्णधीन अवस्थामा छन् । सबैको समिति गठन भइसकेको छ ।

सोरु गाउँपालिका–९ का ५५ वर्षीय कुम्म योगी पनि सिँचाइ कुलो निर्माणमा जुटेका छन् । योगीका अनुसार सिँचाइ कुलो निर्माणमा समूह समूह बनाइ काम गरिरहेका बताए । उनी भन्छन्, ‘महिला पुरुष सबैजनाले रातदिन नभनी साबेल, घन उठाएका छौँ ।’ गाउँमै पाएको रोजगारीले आफूहरू सन्तुष्ट रहेको पनि उनले बताए। ६ वटा कुलो निर्माणको काम हुँदै हाल सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा गरी ६ वटा कुलो निर्माणको काम हुँदै छ ।


जस्मा खत्याड गाउँपालीकाको सेरी वडा नं २ भुवनेखोलादेखि नाइढुंगा सम्मको २४ सय ४० मिटर लामो सिँचाइ कुलो निर्माणको काम सम्पन्न भइसकेको छ । खत्याड गाउँपालिकाकै चुच्चेदेखि मानसैनासम्म ११ सय मिटरको सिँचाइ कुलो, बहुउद्देश्यीय कृषि उपज फापरमा सिँचाइ कुलो, र सोरु गाउँपालिकाको माझघट्देखि एकल काटियासम्मको ११ सय मिटर लामो सिँचाइ कुलो, नेर सिँचाइ कुलो र काँडा कुलो धैना निर्माणाधीन अवस्थामा छन् । ६ कुलो निमार्णको जम्मा रकम ६ करोड ८१ लाख ६ हजार दुई सय ६४.५२ पैसा रहेको छ। सिँचाइ कुलो निर्माणको काम धमाधम भइरहेको छ ।

१८ वर्षभन्दा माथिका र ६० वर्षसम्मका १५ सयभन्दा बढी जना कामदार सिँचाइ कुलो निर्माणको काममा जुटेका छन् । सिँचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ । कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादन पनि बढ्ने भएकाले क्याफश कर्णाली परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको इञ्‍जिनियर धनसिंह रोकायाको भनाइ छ । महिलाको पनि सक्रियता पहिले–पहिले जुनसुकै विकासे काम गर्दा पुरुषले मात्र गर्थे । महिलाले सक्दैनन् भन्ने सोचाइ थियो ।

तर, अहिले यहाँका महिला पुरुषसरह नै दैनिक आठघण्टा ढुंगा फोड्ने, वाल लगाउने काममा खटिइरहेका छन् । सोरु गाउँपालिका–९ की रामदेवी योगीले भनिन्, ‘पुरुषसरह नै ज्याला पाएका छौँ महिलाले पनि गाउँमै रोजगारी पाउँदा एकदमै खसी छौँ ।’ कामदारकै खातामा पैसा विश्व खाद्यय कार्यक्रमअन्तर्गत सिँचाइ कुलो निर्माणमा काम गर्दै आएका कामदारको रकम उनीहरूको बैंक खातामा जम्मा गर्ने गरिएको छ । महिला–पुरुष सबै कामदारको बैंक खाता खोलिएको छ। ज्याला र दर रेटअनुसार कामदारको कामको मूल्यांकनका आधारमा उनीहरूको पैसा सिधै बैंक खातामा जम्मा हुन्छ । कामदारको पैसामा भ्रष्टाचार नहोस् र उनीहरूले रकमको सही सदुपयोग गर्न पनि सकून् भनेर कामदारकै बैंक खातामा पैसा जम्मा गरिँदै आएको आरसिडी मुगुले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार