अब बैंकमा सुन राखेर ब्याज पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो । अब वाणिज्य बैंकहरुले कम्तीमा तीन वर्षदेखि बढीमा पाँच वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने छन् ।

सुन निक्षेप संकलनका लागि बैंकहरुलाई नै विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने अधिकार दिइएको छ । बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ । सुन निक्षेपका रुपमा स्वीकार गर्ने शाखा तोक्नुपर्नेछ ।


कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन् । त्यसपछि सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिने छन् । सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइनेछ । यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार