डोल्पाबाट बिरामीको नमुना लिएर फर्कियो हेलिकप्टर

                                                                                                                           photo by thahakhabr

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना लिएर हेलिकप्टर फर्किएको छ । करिब एक घण्टाको समय लगाएर दश दिन देखि थलिएका बिरामीको रगत, ‍¥याल, खकार, दिसा, पिसाबको नमुना लिएर हेलिकोप्टरमा फर्किएको हो ।

सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र बहादुर थापा र ल्याब टेक्निसियन कमल कुमार थापाको टोली सेनाको हेलिकप्टरमा फर्किएको क्षेत्रीय स्वास्थ निर्देशनालयका महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए । संकलन गरेर लगिएको नमुना परिक्षणका लागि आजै काठमाडौं स्थित टेकु अस्पतालमा पठाइने उनले बताए ।

बिरामीको नमुना सुर्खेत पुगिसकेकाले गाडीमा नेपालगञ्ज लगेर बेलुका उड्ने जहाजमा काठमाडौं पठाउने ब्यवस्था गरिएको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ । बुधबार बिहान मात्रै सदरमुकाम दुनैबाट उक्त हेलिकप्टरमा प्रकोप क्षेत्र पुगेका जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र एच.ए सारङ्गा रोकाया उपचारमा जुटिसकेका छन् । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ चौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् ।


बुधबार बिहान हेलिकप्टरमा चिकित्सक सहित माक्स,पन्जा, एन्टी भाइरल लगायतका आवश्यक औषधिहरु समेत बोकेर करेलीकाँडा पुगेको थियो । ४५ घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म ५० भन्दा धेरै बिरामीलाई पुर्जा काटेरै उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ। प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिँगटा लाग्ने र शरिर दुख्ने जस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार