अज्ञात रोगले गाउँ नै थलियो

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मापर्ने करेलीकाँडा गाउँमा अज्ञात रोगको प्रकोप देखा परेको छ । उक्त गाउँमा अज्ञात रोगका कारण ४० जनाभन्दा धेरै स्थानीय थला परेको स्थानीय युवा सुवास लामाले जानकारी दिए ।’

४५ घरधुरी भएको करेलीकाँडामा गाउँमा अधिकांश स्थानीय रोगले थला परेको एक साताभन्दा धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्’ लामाले भने । ‘अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन्, गाउँबाट स्वास्थचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था छैन, आफन्तले स्वास्थ संस्था पुगेर ल्याएको औषधि प्रयोग गरेका छन्’ लामाले भने । उक्त रोगबाट ग्रस्त बिरामीमा एक्कासि टाउको दुख्‍ने, ज्वरो आउने, रिंगटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखिने गरेको स्थानीयले बताए ।

उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्‍यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्‍ने, बान्ता हुने जस्ता लक्षण देखिने गरेको अर्का स्थानीय युवा विष्णु बुढाले बताए । एकैघरका नौजना बिरामी ’एकैघरका नौ जनासम्म बिरामी छन्, दैनिक जसो रोग फैलँदै छ,औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्’ बुढाले भने । यसरी नै प्रकोप फैलँदै गए अर्को एक हप्ताभित्रै गाउँका सबै बिरामी पर्ने उनको भनाइ छ ।

क्लिनिक जान एक घण्टा उक्त लक्षण देखिएका बिरामीहरु गाउँदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकहरुमा पनि उपचारका लागि आउने गरेको छन् । केहीदिन यतादेखि करेलीकाँडा गाउँबाट मात्रै दैनिकजसो उपचार गर्नका लागि बिरामीहरू आउने गरेको मनिश मेडिकलका सञ्चालक गोरबहादुर बिकले जानकारी दिए । काम विशेषले काठमाडौं गएर गाउँ फर्केकी स्थानीयबाट रोग फैलिएको र एक घरमा दुई जनासम्म बिरामी परेको स्थानीय ताम्बा लामाले बताए ।

‘काठमाडौंबाट आएका स्थानीयलाई यस्तो लक्षण देखिएको थियो, त्यसपछि उनीहरूको घर परिवारमा स‍यो, त्यसपछि एक पछि अर्को गर्दै गाउँमा फैलिएको हो’ लामाले बताए । उनीहरू आउनुभन्दा अगाडि गाउँमा कोही पनि बिरामी नभएको उनले बताए । नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेकाले काठमाडौंबाट आउँदा स्थानीयसँग सरेर आयो कि भन्ने त्राससमेत गाउँभरी फैलिएको लामाको भनाइ छ । भर्खरै चिसो मौसमबाट गर्मी मौसम सुरु भएकाले रोग मौसमी फ्लु पनि हुनसक्ने स्थानीय स्वास्थकर्मीको आशंका रहेको छ । प्रहरी र स्वास्थकर्मी प्रकोप क्षेत्रमा जाँदै गाउँमै अज्ञात रोगको प्रकोप भएको खबर पाएपछि प्रहरी चौकी र त्रिपुराकोट र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा जाँदै गरेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया