६४ वर्षको उमेरमा बहुविवाह गरी फरार

सल्यान : ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले डरले गाउँबाटै भागेका छन् ।
टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् ।

६५ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका नेपाली मुद्दा लाग्ने डरले सुइँकुच्चा ठोकेका हुन् । श्रीमानले दोस्रो विवाह गरेपछि उमाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
बहुविवाह गरेर श्रीमान भागेपछि आफु माइतीघर छत्रेश्वरी गाउँपालिकामा बस्दै आएको उनको जानकारी दिइन्। बहुविवाह गरी फरार दुवै जनालाई प्रहरीले खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया