ट्याक्टरले माेटरसाईकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि सुर्खेत बजार तनाव

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।

सुर्खेत–जुम्ला सडक खण्डको दैलेख चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ त ८१७६ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए। तीमध्ये दुई जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा खजुराका यमबहादुर विक र खगेन्द्र विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का कुलबहादुर भनिने तुलबहादुर रामझाली गम्भीर घाइते भएका छन् । उनको कालागाउँ प्रदेश अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।


घाइते तीनै जनालाई उपचारको लागि अस्पताल लगिए पनि यमबहादुर र खगेन्द्रको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ट्याक्टर चालक भेरीगंगा नगरपालिका–५ का गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि मृतकका आफन्तले जुम्ला रोडमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयले पदर्शन गर्दा वीरेन्द्रनगरको अवस्था तानावपूर्ण बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार