बिवादमा रहेको मदन भण्डारी राजमार्गको सहमती

दिनेश कुमार बुढा

सुर्खेत : बिगत केही दिन देखि बिवादित बनेको सुर्खेतको पश्चिम पञ्पुरीनगरपालिका मदन भण्डारी राजमार्ग को खम्बगाडे बिद्यापुर खण्ड को डिपिआर को काम सुरु हुने भएको छ ।

खम्बगाडे पलैटे, बराईचे, दुलालथाई बिद्यापुर जोड्नुपर्ने माग र खम्बगाडे शिबधाम बाबियाचौर माझिगाउ हुँदै बिद्यापुर जोड्नुपर्ने दुबै पक्षको माग सम्बोधन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शुक्रबार खम्बगाडे मा जम्मा भएका पञ्चपुरीनगरपालिका भित्रका नागरिक लाई सम्बोधन गर्दै दुबै बाटो मदन भण्डारी राजमार्ग को मापदण्ड अनुसारको नै हुने बताएका छन ।

मदन भण्डारी राजमार्ग पलैटे हुँदै माथिल्लो बाटो भएर जाने र तल्लो बाटो सो सरह कै ५० मिटरको नै बनाउने बताएका छन । डिपिआर सहितको टोलि पञ्चपुरी पुगेका राज्यमन्त्री रावतले बाटोको बिषयमा बिवादमा नआउन आग्रह गर्दै शुक्रबार नै खम्बगाडे शिबधाम बाबियाचौर माझिगाउ हुँदै बिद्यापुर जोड्ने सडक को डिपिआरको काम समेत शिलान्यास गरेका छन ।

मदन भण्डारी राजमार्गको काम सुरुवात संगै दुबै बाटो एकै साथ हुने भएको छ । रावत ले सडकको दायाँबायाँ गरि ५० मिटर फराकिलो बाटो हुने र यसै आर्थिक बर्षमा काम सुरु गर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया