प्रेस संगठनका प्रदेश र जिल्ला सदस्यद्वारा शपथ

सुर्खेत : प्रेस संगठन नेपाल प्रदेश सदस्य र सुर्खेत जिल्लाका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकतापछि बनेको प्रेस संगठन नेपाल, सुर्खेतको शपथ ग्रहण तथा प्रथम जिल्ला भोला बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुलाई प्रेस संगठन कर्णाली प्रदेश संयोजक वीरबहादुर गिरीले सपथ खुवाएका थिए । कार्यक्रममा बोल्दै नेकपा कर्णालीका सह–इन्चार्ज प्रकाश ज्वालाले पत्रकारहरूलाई सत्यतथ्यको आधारमा कलम चलाउन आग्रह गरेका छन् ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले देशको विकास र समृद्धिका लागि संचार जगतको महत्वपुर्ण भुमिका हुने भन्दै सरकारले गरेका कामहरुको प्रचार प्रशार र रचनात्मक सुझाव समेत दिन आग्रह गरे । सामाजिक उत्तरदायीत्वसहितको मर्यादित, जनपक्षिय र जिम्मेवार पत्रकारीता गर्ने प्रेस संगठनको दायीत्व रहेको भन्दै उनले पेशागत र संठगनात्मक जिम्मेवारी पुरा गरेर अघि बढ्न सुझाव दिए ।

नेकपा सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र)ले प्रतिसोधमा नभई उत्प्रेरण प्रदान गर्ने खाल्का समाचार सम्प्रेसन आग्रह गरे । सरकारले जनप्रतिनिधीलाई बिजनेश दिन नसक्दा जनप्रतिनिधीहरुले सरकारसँग भाग्न खोजेको बताए । कुनै जनप्रतिनिधीले बजेटका लिष्ट लिएर आयोजनाहरुको उदघाटन गर्ने, फेसबुकमा हाल्ने र उदघाटन स्थलबाटै सरकारको बिरोध गर्ने गरेको भन्दै पार्टी भित्रको अनुशासन कायम राख्न समेत निर्देशन दिए । कार्यक्रममा प्रेस संगठन कर्णाली प्रदेश इन्चार्ज धुव्र बुढाथोकी र प्रदेश संयोजक विरबहादुर गिरी, सुर्खेत संयोजक धर्मराज जिसी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया