नयाँ विद्यार्थी भित्र्याउने चटारो

                                                                                               Photo : Thahkhabar

डोल्पा : कर्णालीका डोल्पा, हुम्ला र जुम्लाका विद्यालयलाई नयाँ विद्यार्थी भित्र्याउने भर्ना अभियान कार्यक्रमको चटारो बडेको छ । फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाँचवटै जिल्लाका विद्यालयलाई भर्ना अभियानमार्फत आ–आफ्नो विद्यालयमा धेरैभन्दा धेरै विद्यार्थी भित्र्याउन चटारो बडेको हो ।

कर्णालीका अन्य जिल्लाजस्तै डोल्पामा पनि भर्ना अभियानको चटारो बडेको छ । यहाँका ग्रामीण गाउँबस्तीमा भर्ना अभियानका नाराले गुन्जिन थालेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएर १५ दिनको भर्ना अभियान ‍ ¥याली सञ्चालन गर्ने अवधि सकिनै लाग्दा डोल्पाका विद्यालय पनि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित विद्यार्थी तान्न नाराबाजीसहित घरदैलो गरिहेका छन् ।

विद्यालयमा जतिसक्दो धेरै विद्याथी भित्र्याउने शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धतासहित अभिभावकलाई बालबालिका पठाउन आग्रह गरिरहेका छन् । यसरी अभिभावक फकाउनेमा धेरैजसो विद्यार्थी संख्या न्यून भएका विद्यालय पर्दछन् । बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरा माध्यामिक विद्यालय त्रिपुराकोटले पनि भव्यताका साथ भर्ना अभियान ‍¥याली सञ्चालन गरेको छ ।

शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीसहित घरदैलोमा पुगेर उमेर पुगेका कलिला नानीबाबुलाई विद्यालयमा भर्ना गर्न अपिल गरिएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । फागुन १५ गतेसम्म भर्ना अभियान भएकाले त्यसपछि धमाधम पठनपाठन क्रियाकलाप अघि बड्ने बताउँदै विद्यार्थीका सबैका हातहातमा नयाँ किताब पुगिसकेको उनले जानकारी दिए । साविका कर्णाली अञ्चलमा फागुनमै नयाँ शैक्षिक सत्र सुरु हुने भएता पनि अन्यत्र जिल्लामा वैशाखमा मात्र शैक्षिक सत्र सुरु हुने गर्दछ ।

तपाईको प्रतिक्रिया