पर्यटकलाई रारासम्म पुग्न सकस

मुगु : काठमाडौबाट राराताल घुम्न आइपुगेका किरण श्रेष्ठसहित नौ जनाको टोलीले नाग्म—गमगढी सडक खण्डमा यात्रा गर्दा निकै सास्ती खेप्नु प¥र्यो । स्कारपियो जिप नै रिर्जव गरेर रारा आएको सो टोलीले नाग्म—गमगढी सडक खण्डको साघुँरो सडक तथा खाल्डाखुल्डिका कारण यात्रामा सास्ती खेप्नुपरेको हो ।

रारा पुगेका किरण श्रेष्ठले सडकको अवस्थाका कारण घुम्न आउने पर्यटक मार्फत बाहिर गलत सन्देश जाने गरेको बताए । उनी जस्तै सडक यातायात मार्फत रारा पुग्ने जोसुकैले असन्तुष्टी पोख्दै आएका हुन् ।
९३ किलोमिटरको नाग्म—गमगडी सडक खण्डमा हिलो र खाल्डाखुल्डीले दिनभर यात्रा गर्नुपर्छ । ०६९ पुस १ गतेबाट सञ्चालनमा आएको यो सडक खण्डको अवस्था अँझै सुध्रिएको छैन । यस सडक खण्डको हालसम्म स्तरोउन्नती तथा ग्राबेल नुहदाँ रारा आउने पर्यटक पनि घट्दै गएका छन् ।


आर्थिक बर्ष ०७६/०७७ को बजेटमा यस सडकखण्डको स्तरोउन्नतीका लागि संघीय सरकारले ५० करोड बजेट विनियोजित गरेको थियो । तर बजेट अनुसार हालसम्म सडक खण्डको स्तरोउन्नती भएको छैन । सडक स्तरोउन्नतीका लागि डिभिजन सडक कार्यालय जुम्लाले चासो नदिदाँ पनि निर्माणको काम ढिलाई भएको हो । सडककै कारण भ्रमण बर्ष २०२० मा रारा आउने पर्यटक घट्न सक्ने उदोग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाको अनुमान छ । नाग्म—गमगडी सडक खण्ड बर्षाको हिलो तथा पहिरो र हिउँदको हिमपातले प्राय अवरुद्ध हुने गरेको हो ।

सडकको अवस्थाका कारण यात्रामा पाएको दुःखले एक पटक रारा आएको पर्यटक फेरी नफर्किने उद्घोष गर्दै फिर्ता हुने गरेको राराका होटल व्यवसायीहरु बताउँछन् ।संघीय सरकारबाट प्राप्त ५० करोड बजेट कार्यान्वयन गर्न टेण्डर प्रक्रियामै ढिलाई हुदाँ स्तरोउन्नतीको काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेकाले चाँडै मर्मतको काम सुरु हुने उनको भनाइ छ । ५० करोड बजेट पाँच खण्डमा दश÷दश करोड विनियोजित गरेर नाग्म—गमगडी सडकको स्तरोउन्नती तथा ग्राबेल गर्ने, खाल्डाखुल्डी पुर्ने काम सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार