गोकुल बाँस्कोटा प्रधानमन्त्रीकै घरमा

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बसिरहेका छन् ।

अडिओ टेप बाहिरिएपछि मन्त्री बाँस्कोटालाई प्रधानमन्त्री ओलीले गत बिहीबार बालुवाटारमा बोलाएर राजीनामा दिन लगाएका थिए । मन्त्रीबाट राजीनामा दिए पनि मन्त्री बनेपछि बस्न थालेको बालकोटस्थित ओलीको घर भने बाँस्कोटाले छोडेका छैनन् । ‘उहाँ बालकोटमा रहेको प्रधानमन्त्रीकै घरमा हुनुहुन्छ । बाहिर खासै निस्केको देखेको छैन ।


आकलझुकलमात्रै कार्यकर्ता भेट्न आएको देख्छौं,’ स्रोतले भन्यो । प्रधानमन्त्री ओली र बाँस्कोटाबीच निकट सम्बन्ध थियो । सोही निकटताका आधारमा बाँस्कोटालाई प्रधानमन्त्री ओलीले आफ्नै घरमा बस्न दिएका थिए । राज्यमन्त्री हुँदै मन्त्री बनेका बाँस्कोटा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा कहिल्यै बसेनन् । बाँस्कोटाले भक्तपुरकै लोकन्थलीमा घर बनाएका छन् । गत भदौदेखि निर्माण थालिएको उनको घर फिनिसिङ हुन बाँकी छ । उनी कहिले निजी घरमा सर्छन् भन्नेबारे बुझ्न सम्पर्क गर्दा बाँस्कोटासँग सम्पर्क हुन सकेन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार