सुर्खेत : गुर्भाकोट नगरपालिका सुर्खेतको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको छ । मंगलबार गुर्भाकोट नगरपालिका शुरु भएको उक कार्यक्रम नगरप्रमुख हस्त पुनले नगरपालिकाको छैठौं नगरसभा सुभारम्भ भएको घोषणा गरे ।
नगरसभा शुरु भएको घोषणा गर्दै गुर्भाकोट नगरपालिका सुर्खेत ले आर्थिक वर्ष २०७६ असार देखि हाल सम्म नगरपालिकाले सञ्चालन गरेको गतिविधि हरुका वारेमा जानकारी गरायका थिए ।
यसै बिच कार्यक्रममा नगरपालिकालेल गरेका गतिविधि हरुका वारेमा सदस्य नन्दलाल शर्मा लगायत अन्य सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सदस्यहरू वाट उठाईयका छलफलमा बिषयहरुको जवाफ आगामि वैठकमा दिने नगरप्रमुख पुनले प्रतिवद्धता जनाए । उक्त सभामा आर्थिक बर्ष २०७६÷७७ को योजना तथा कार्यक्रमहरु सम्शोधन सहित छलफल हुने नगर उप प्रमुख मैना विकले बताइन् ।
उनले भनिन् आज प्रस्तुत गरिएका विभिन्न विधेयक अध्ययन गरि पारित गर्नको लागि यहीँ फागुन १६ गते शुक्रबार को मिति तोकिएको छ । र सदस्यहरुवाट उठाईयका सवालहरुको जवाफ सहित विधेयकमाथि छलफल गर्नका लागि फागुन १६ गते सम्मनकालागि उक्त वैठक समाप्त भएको थियो।
युग संवाददाता । । १४ फाल्गुन २०७६, बुधबार १३:३३