टुसालको विजयी सुरुवात

टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै टुसालले सुखद सुरुवात गरेको हो ।

टुसालको जितमा रबी राई र प्रकाश भुजेलले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा रबीले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७७ औं मिनेटमा प्रकाशले गोल गर्दै टोलीलाई सहज जित दिलाए । जितसँगै टुसालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । पुल्चोकले भने हारबाट सुरुवात गरेको छ ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

तपाईको प्रतिक्रिया