हिल्साका व्यवसायीलाई कोरोनाको चिन्ता


हुम्ला : नेपाल र चीनको सिमाना मात्र नभई मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायीहरु चीनमा फैलिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसका कारण आगामी पर्यटकीय सिजन कस्तो हुने हो भन्दै चिन्तित भएका छन् ।

हिउँदमा हिल्सा बजार हेरालुको भरमा रहँदै आएको भएपनि आगामी वैशाख महिनादेखि सिजन सुरु हुन्छ । तर होटेल व्यवसायीहरु भने अहिलेदेखि नै कोरानाका कारण आउँदो सिजनको पर्यटन व्यवसाय प्रभावित हुने हो कि भन्दै चिन्तित भएका हुन् । होटेल ब्यबसायी पाल्दन लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार अहिले पाँचजना हेरालुको भरमा छ । \तर अहिलेदेखि नै आउँदो पर्यटकीय सिजनमा के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको उनले बताए । वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन सुरु हुन्छ ।

तपाईको प्रतिक्रिया