संसदको नियन्त्रणमा रही जनकेन्द्रित शासनसहितको राजसंस्था ल्याउँछौं : अध्यक्ष कमल थापा

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसीसी भित्र रहेका प्राविधिक विषयलाई संशोधन गरेर ल्याउँदा नेपालको हितमा हुने बताएका छन् ।

सोमबार राप्रपाको निर्वाचन अभिमुखिकरण बैठकमा सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्षथापाले पत्रकार सम्मेलनमा सत्तारुढ दलभित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपूर्ण अभिव्यक्ति आएको बताउँदै उनले यो विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिए ।

‘तुलनात्मक रुपमा यो सम्झौताका लागि राप्रपाको पनि सानो भूमिका रहेको छ। तर खास गरी अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु नै हस्ताक्षरका लागि आन्तरिक भागबण्डामा जुटेका थिए,’ उनले भने, ‘आफ्नो सम्झौता र हस्ताक्षरमा उहाँहरु अहिले किन अडान लिन सक्नु भएन ।’

पार्टी एकताको प्रसंगमा पत्रकारहरुले राखेको प्रश्नमा उनले एकताको लागि सदैव ढोका खुल्लै रहेको बताए। ‘हामीबीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ। पशुपति शमसेर जबरा र डा।प्रकाशचन्द्र लोहनीजीले केही समय माग गरेका कारण रोकिएको छ,’ उनले भने,’ अहिले हामी संगठन निर्माणमा हिडेका छौं ।’

देशमा भ्रष्टाचार बढिरहेको र धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब तथा प्रभावपनि बढिरहेको उनले बताए ।

थापाले संविधानको रक्षा र संसदको नियन्त्रणमा रही जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताए । विभिन्न षड्यन्त्रमा पारेर विस्थापित गरिएको राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनको जोड छ ।

सोमबार राप्रपा नेपालको निर्वाचनअभिमुखिकरण बैठकमा कर्णालीप्रदेशको राजधानीवीरेन्द्रनगर आइपुगेका अध्यक्षथापाले पत्रकार सम्मेलनमा नेपालको सार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको थापाको दाबी रहेको छ।

तपाईको प्रतिक्रिया