प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सेक्यूरीटी प्रेस खरिद प्रक्रियामा अनियमिततामा उजुरी परेको जानकारी दिए । उनले उजरीमाथि अख्तियारले छानविनसमेत सुरुवात गरेका उनले बताए ।

सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा नेपालगन्ज, बाँकेका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सूचना तथा संचार मन्त्रालयका सचिव (हाल सूचना अयोगका प्रमुख आयुक्त) महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो ।

डेढ महिना पहिले नै अडियो सुनिसकेको दाबी गरिएको उजुरीमा प्रमाण लुकाएर प्रधानमन्त्री ओली भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानबिन गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया