बदर मत घटाउने कसरत

सुर्खेत : चिटिक्क पारेर सजाईएको सुन्दर कोठा । त्यही कोठाभित्र स्क्रीनटच कम्प्यूटर र भित्ताभरी टाँसिएका जानकारीमुलक सन्देशले कोठाभित्र छिर्ने जोसुकैको एकपटक ध्यानाकर्षण हुन्छ । यो दृष्य हो, जिल्ला निर्वाचन कार्यालय सुर्खेतले सञ्चालन गरेको निर्वाचन शिक्षा सूचना केन्द्रमा रहेको कक्ष ।

कार्यालयमा आउने जोसुकैलाई निर्वाचन प्र्रर्णाली सम्बन्धी विभिन्न जानकारी दिन यस्ता सूचनामुलक सन्देशहरु टाँसिएका हुन् । त्यही भित्तामा राखिएको स्क्रीनटच कम्प्यूटरमा निर्वाचन सम्वन्धी विविध प्रश्नावली पनि समेटिएका छन् ।

कार्यकक्षका १० ओटै कम्प्यूटरमा सात÷सात वटा प्रश्नावली छन् । जुन सुन्न र पढ्न मिल्ने गरी राखिएको छ । स्क्रीनटच कम्प्यूटर र भित्ताभरी निर्वाचन प्र्रर्णाली सम्बन्धी विविध जानकारीमुलक सन्देशहको ठिक तल सात ओटा उत्तर छन् । कम्प्युटरको माथिल्लो लाइनमा राखिएका प्रश्नहरुको जवाफ पनि तल्लो लाइनमा राखिएका छन् ।

तर प्रश्नको उत्तर भने यताउती राखिएकाले जवाफ दिनेले अलि सोचेर दिनुपर्ने व्यवस्था छ । प्रयोगकर्ताले स्क्रीनटचबाटै प्रश्नको सही जवाफ दिनुपर्नेगरी प्रश्न र उत्तर भित्तामै टाँसिएका हुन् । यसोे गर्नुको मुख्य कारण प्रयोगकर्ताले प्रयोगात्मक रुपमा निर्वाचन शिक्षा सम्बिन्धि पूर्ण जानकारी पाउन् र निर्वाचनको बेला कुनै पनि मत बदर अर्थात् खेर नफालुन् भन्ने नै हो ।

प्रयोगकर्ताले भित्तामा टाँसिएका प्रश्नको सही जवाफ दिएमा बालकको चित्र हाँसेर आफै जवाफ फर्काउँछ । यसको अर्थ पनि प्रयोगकर्ता सही मतदान गर्ने तरिकाबारे जानकार छ भन्ने नै हो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको कार्यालयको तल्लो तलामा रहेको कार्यकक्षमा निर्वाचनमा गर्नुपर्ने हरेक गतिविधिसहितको निर्वाचन शिक्षा तथा सूचना केन्द्र स्थापना भएपछि प्रश्न र उत्तर दिने यस्तो व्यवस्था गरिएको हो ।

नागरिकलाई सहज तरिकाले निर्वाचन शिक्षा दिने उद्देश्यले विशेष सूचना केन्द्रको अवधारणा अनुसार स्क्रीनटच कम्प्यूटर र भित्ताभरी निर्वाचन प्र्रर्णाली सम्बन्धी विविध जानकारीमुलक सन्देशहरु राख्ने व्यवस्था मिलाईएको छ । केन्द्रमा निर्वाचन सरोकावालाहरुको भूमिका, जिम्मेवारी, राजनीतिक दल र राजनीतिक प्रक्रिया, निर्वाचन पद्धति र मतदान प्रक्रिया, व्यक्तिका अधिकार र कतव्र्यहरु, नेपालमा लोकतन्त्र र संविधान तथा निर्वाचनबारे विस्तृत जानकारी भित्ताभरी लेखेर नागरिको क्षमता र दक्षतानुसार मतदानबारे जानकारी दिन पाउने व्यवस्था गरिएको हो ।

निर्वाचन आयोगले देश भरका सात प्रदेशमध्ये कर्णाली प्रदेशसँगै पाँच प्रदेशमा मतदान र निर्वाचन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रदेश मुकाममा यस्ता केन्द्र स्थापना गरेको छ । युएनडीपीको आर्थिक सहयोगमा स्थापना भएका यस्ता सूचना केन्द्रमा जानकारी लिने स्थानीयकोसमेत पहुँच बढ्दै गएको छ । सो कार्यकक्षमा प्रवेश गर्नुपूर्व कार्यालयका कर्मचारीको समन्वयमा निर्वाचन शिक्षा सम्बन्धी संग्रालय पनि हेर्न सकिन्छ ।


मतदान प्रक्रियाका बारेमा आधा घण्टाको भिडियो डकुमेन्ट्री देखाउने पनि तयारी छ । सूचना केन्द्रमा रहेको अर्को कार्यकक्षमा स्क्रीनटचमा सुनेर वा पढेर निर्वाचन शिक्षासम्वन्धी शिक्षा हासिल गर्न सकिन्छ । ‘निर्वाचन कार्यालय तथा मतदान सम्वन्धी विशेष प्रश्न र उत्तर रहने भएकाले लोकसेवा अध्ययनरत विद्यार्थीहरुको लागि पनि फाइदा पुग्ने विज्ञहरुको भनाइ छ ।

मतदान गर्ने तरिका सिकाउँदै छौं

जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रक्रिया बारेमा जानकारी दिने उदेश्यले स्थापना भएको सूचना केन्द्रमा जाने जोसुकैले निर्वाचन सम्बन्धि सहजै जानकारी लिन सक्नेछन् । यो केन्द्रको प्रमुख उद्देश्य भनेको नै बदर मत कम गर्ने हो ।

मतदान गरिराखेका र नयाँ मतदातालाई मतदान कसरी गर्ने भन्ने बारेमा पनि थप जानकारी सिकाउँछौं । नयाँलाई मात्रै हैन, मतदान गरिरहेकाले पनि फेरी मतदान गर्दा मत बदर गर्नसक्ने स्थिती भएकाले मतदानमा आवश्यक सबै प्रक्रिया सिकाउन यस्तो अवधारणा ल्याईएको हो ।

एक्कासी निर्वाचनको बेला मतदाता शिक्षाबारे जानकारी दिन सकिदैन । त्यसैले कार्यालयमा आउने सेवाग्राही, आगन्तुक तथा विद्यार्थीहरुलाई क्रमश जानकारी दिने ध्ययेले यस्तो पूर्व तयारी अपनाएका हाँै । माध्यमिक तहको कक्षा ९ देखि माथि पाठ्यक्रममा निर्वाचन शिक्षा सम्वन्धी जानकारी राखेकाले पनि विद्यार्थीलाई सिकाउन सहज छ । तर अन्य नागरिकलाई सहजै सिकाउन सूचना केन्द्रले भूमिका खेल्नेछ ।

भर्खरैं मात्रै सूचना केन्द्र निर्माण सम्पन्नपछि कार्यालयलाई हस्तान्तरण भएको हो । केहिदिनमा छिट्टै केन्द्र उद्घाटन गर्ने पनि तयारी छ । उद्घाटनसँगै सुर्खेतका हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई क्रमश सूचना केन्द्रमा ल्याएर निर्वाचन शिक्षाबारे जानकारी दिनेछौं । सूचना केन्द्रमा वास्तविक मतदानमा हुने सबै प्रक्रिया सिकाइने छ ।

त्यहाँ नमूना मतदानसमेत गरिने भएकाले यो निर्वाचन शिक्षा प्रभावकारी हुने अपेक्षा छ । कार्यालयमा आउने जोसुकैलाई निर्वाचन शिक्षाबारे विस्तृत जानकारी दिन हामीले कम्तीमा तीन घण्टा समय छुट्याउने छांै । एक पटकमा कम्तीमा ४० जना सहभागी हुन सक्नेछन् । सूचना केन्द्रमा सहभागी भएपछि अन्तिममा केही नबुझेमा उनीहरुलाई थप जानकारी दिन अन्तरक्रियामार्फत सवाल जवाफको कार्यक्रममा सहभागी गराउने योजना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार