सुर्खेतको सिम्ता गाउँपालिकामा एक घर, एक धारा

दुर्गा विसी

सुर्खेत :कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतको सिम्ता गाउँपालिकाले एक घर एक धारा अभियान सुरु गरेको छ । हरेक नागरिकलाई शुद्ध पानी पु¥याउने उद्देश्यले अभियान सुरु गरिएको हो । गाउँपालिकाले वडा ४ को


सिमलगाउँ र वडा ८ को ठकुरी टोलबाट शुद्ध खानेपानी घोषणा कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिका र युनिसेफको साझेदारीमा सुरक्षित खानेपानी समाज घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले शुद्ध खानेपानी घोषणा कार्यक्रम पश्चात पानी फिल्टर नगरी सिधैं धाराबाट पानी पिउन सकिन बताए । अत्याधुनिक प्रविधिको प्रयोग गरी पानी धारासम्म पु¥याइएको उनको भनाइ थियो ।

गाउँपालिकाले ९ वटै वडाका प्रत्येक बस्तीहरुमा लागु पर्ने जनाएको छ । अभियान सुर्खेत प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले सिमलगाउँमा र ठकुरी टोलको पानीको धारा खोलेर शुभारम्भ गरेका हुन ।



ताजा समाचार