‘आमा’ को सुखद सुरुवात

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले सुखद सुरुवात गरेको छ । बिहानैदेखि काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ । सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ ।

चलचित्रका निर्देशक दीपेन्द्र के खनालले भने–‘विशेषगरी, चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आउनुभएको छ । मल्टिप्लेक्समा दर्शकको चाप राम्रो छ । वर्ड अफ माउथ निकै राम्रो भएकाले चलचित्र लामो समय जानेमा विश्वास जागेको छ ।’

शर्मिला पाण्डे निर्मित यो चलचित्रलाई दर्शकले रुचाएका छन् । चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् । यहीकारणले पनि यो चलचित्रलाई वर्ड अफ माउथले साथ दिने अपेक्षा गरिएको छ । यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका कलाकारहरु दर्शकको प्रतिक्रिया बझ्नका लागि विभिन्न हलमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया