प्रकाश र वर्षाको ‘परदेशी २’ को शुभसाइत

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन शुक्रबारबाट सुरु गरिएको हो । आज बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको छ । गायक प्रकाश सपुतले चलचित्रको छायांकन सुरु भएको जानकारी गराएका छन् ।

उनका अनुसार, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । प्रकाशले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको बताएका छन् ।

उनले इमान्दार भएर चलचित्रको काम गर्ने समेत बताएका छन् । चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ । ‘परदेशी २’ले समेत आउँदो बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेपछि आउँदो बर्षको दशैंमा चलचित्रको महाभिडन्त हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया