नेपाल पश्चिमका स्थानहरुमा पानी र वर्षा

काठमाण्डौ :  शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानान्धले जानकारी दिनुभयो । यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया