फाउण्डेशनको अध्यक्षमा शर्मा

सुर्खेत : मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा रविन्द्रराज शर्मा चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्षसमेत रहेका शर्माको अध्यक्षतामा
२९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो ।

समितिको सचिवमा सुर्खेतका कूलमणि देवकोटा छन् । समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द र मेनका पछाई लगायत रहेका छन ।

जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दै सामाजिक विकास गर्ने उदेश्यले प्रदेशमा पहिलो पटक गठन गरिएको हो । फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथ समेत लिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमकाबीच सपथ गराएका छन् ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्र्दै केन्द्रीय सदस्य पोखरेलले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताए । फाउण्डेशनको पहिलो बैठकले विभिन्न सात वटा निर्णय गरेको छ ।

सचिव कुलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुम पश्चिममा ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया