दुईलाख घुससहित भेरीगंगाका प्राविधिक रंगेहात पक्राउ

ओम शाही

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक सहायक चित्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार भेरीगंगाको मदाने चौरबाट पक्राउ केसीलाई गरिएको हो ।

केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको रकम भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको आयोगले जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको सापकोटाको भनाइ छ ।

तपाईको प्रतिक्रिया