सुर्खेत : उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन केन्द्र सरकारले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । केन्द्रको सहयोगविना कर्णाली प्रदेशको समृद्धि असम्भव रहेको बताउँदै उनले कर्णालीमा संघीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
‘कर्णाली प्रकृति र संस्कृतिक हिसावले अथाह सम्भावना भएको प्रदेशको हो, तर केन्द्र सरकारको सहयोगविना कर्णालीको समृद्धि सम्भव छैन’ उपराष्ट्रपति पुनले भने, ‘कर्णालीलाई अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्न र यहाँको आर्थिक विकासका लागि संघीय सरकारले कर्णालीमा विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’
वर्षादेखि कर्णालीलाई राज्यले उपेक्षा गरेको बताउँदै उपराष्ट्रपति पुनले संघीय सरकारले पहिलेको साँवा, ब्याज पूर्तिहुने गरी विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । भौगोलिक विकटताका कारण स्थानीय र प्रदेश सरकारको पहलबाट कर्णालीको समृद्धि असम्भव रहेको उनको तर्क थियो ।
हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=IYS1rXK9bJA&t=986s
युग संवाददाता । । ८ फाल्गुन २०७६, बिहीबार १९:०३