बाँके–बर्दिया कर्णालीमा गाभिदैनन् : नेकपाका अध्यक्ष प्रचण्ड (भिडियो सहित)

सुर्खेत : नेकपाका अध्यक्ष प्रचण्डले तत्काल बाँके र बर्दिया कर्णाली प्रदेशमा नगाभिने बताएका छन् । प्रदेश ५ का बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने बहस चलिरहँदा प्रचण्डले यस्तो बताएका हुन् ।

सुर्खेत विमानस्थलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले तत्काल बाँके र बर्दियालाई कर्णालीमा गाभिन सम्भव नभएको बताए ।यद्यपी उनले नागरिकको चाहनाअनुसार प्रदेशको संरचना परिवर्तन हुन सक्ने बताए । उनले भने,‘संघीयता नागरिकका लागि हो, नागरिकलाई सहज हुनेगरी प्रदेशको भूवनोट निर्धारण हुन्छ ।

तर अहिले नै बाँके र बर्दिया कर्णालीमा गाभिदैनन् ।’ प्रदेशको भूबनोट सधैं एकै प्रकारको नरहने र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने भएकाले भविस्यमा यसबारे सोच्न सकिने प्रचण्डको भनाइ छ ।  बाँके र बर्दियाका नागरिकलाई असहज महसुश भएमा यसबारे सोच्न सकिने भए पनि बाहिर हल्ला भएजस्तो तत्कालै कर्णालीमा गाभिने सम्भावना नरहेको उनको तर्क छ ।

 

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=-EocrC6FJ2Q&t=18s

तपाईको प्रतिक्रिया