मदन भण्डारी राजमार्गका कारण बावियाचौरमा आन्दोलन शुरु बजार अशान्त

सुर्खेत :मदन भण्डारी राजमार्गका कारण पश्चिम सुर्खेतमा स्थानीयले आन्दोलन शुरु गरेका छन् । मदन भण्डारी राजमार्ग बावियाचौरहुँदै विद्यापुर जोड्नु पर्ने भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन् ।

बावियाचौरका स्थानीयबासीले खम्बगाड बावियाचौर माझिगाउँहुँदै विद्यापुर जोड्नुपर्ने भन्दै आजदेखी आन्दोलन शुरु गरेको स्थानीय जीवन ढुंगानाले जानकारी दिए ।


सालकोटका स्थानीयले खम्बगाडे सालकोट बराइचे चत्तुरे दुलालथाइ विद्यापुर जोड्ने अडान लिएका छन् । तर बाबियाचौरका स्थानीयले भने साविककै पूरानो सडकबाट राजमार्ग बनाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन् ।

स्थानीयले पञ्चपुरी नगरपालिकामा स्थानीयले तालावन्दी गरेर बावियाचौरमा स्थानीयले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण बावियाचौर बजार बन्द छ भने सवारी आवागमन ठप्प छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार