कर्णालीमा साढे दुईसय महिला हिंसाका घटना

सुर्खेत : एक वर्षको अवधिमा कर्णाली प्रदेशमा दुई सय ५० वटा महिला हिंसाका घटना भएका छन् । इन्सेक कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सन २०१९ मा कर्णालीमा दुई सय ५० वटा महिला हिंसाका घटना भएका छन् । घटनामध्ये घरेलु महिला हिंसाका घटना सबैभन्दा बढी रहेका छन् ।

इन्सेकको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा कर्णालीमा एक सय ३६ वटा घरेलु हिंसाका घटना भएका छन् । बहुविवाहका ४६, बलात्कारका ३४, बलात्कार प्रसासका २०, यौन दुव्र्यवहारका ५, बेलबिखनका एक र प्रस्तुति सेवा नपाउँदा तीन जना महिलाहरु पीडित भएका छन् । सन २०१८ मा दुई सय ५७ वटा महिला हिंसाका घटना भएका थिए ।


नेपाल मानव अधिकार पुस्तक २०२० र कर्णाली प्रदेशको मानवअधिकार अवस्था विषयक कार्यक्रममा इन्सेकले सन २०१९ मा कर्णाली प्रदेशमा चार सय ८६ वटा मानवअधिकार उलङ्घनका घटना भएका छन् । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार घटना मध्ये जातिय विभेदका १८ घटना रहेका छन् ।

चार सय ८६ मानवअधिकार उलङ्घनका घटनाबाट बालविवाहका १४, विद्यालयमा शारीरिक दण्ड सजायका तीन, बलात्कारका ३० र यौन दुव्र्यवहारका घटनामा १८७ जना पीडित भएका छन् । यसै अवसरमा इन्सेक रुकुमपश्चिम प्रतिनिधि मनिसा केसी पुरस्कृत भइएकी छिन । मावनअधिकारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै इन्सेकले उनलाई नगद सात हजार र प्रमाणत्रसहित सम्मान गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार