केन्द्रीय विश्वविद्यालयकै रुपमा राख्नुपर्ने माग

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयकै रुपमा राख्नुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशमा रहेका विश्वविद्यालय संग सम्वन्धित विभिन्न संगठनका प्राध्यापकहरुले संयुक्तरुपमा बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइपुगेका नेपाल कम्न्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ सहितका नेतालाई प्राध्यापक संगठनका नेतृत्वहरु र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य भीम खड्काहरुका नेताहरुलाई प्रत्यक्षरुपमा भेटेर विश्वविद्यालयलाई केन्द्रिय विश्वविद्यालय कै रुपमा रहन दिनुपर्ने माग राखेका हुन ।

उनीहरुले प्रस्तावित ‘उच्च शिक्षा ऐन २०७६’ को मस्यौदामाथि प्रश्न गर्दै ऐनले कर्णालीलाई फेरी उपेक्षा गर्न खोजेको आरोप लगाएको विज्ञप्तीमा उल्लेख गएिको छ । प्रदेश सरकार मातहत विश्वविद्यालय स्थापना गर्दा अपनाउनु पर्ने अन्तर्रा्ष्ट्रिय मापदण्डको ख्याल नगरिएको र विश्वविद्यालय संग सम्वन्धित सरोकारवालाहरुसंग कुनै छलफल नै नगरी ऐन ल्याउन लागिएको भन्दै त्यसलाई तत्काल सच्याउन विज्ञप्ति मार्पmत प्राध्यापकहरुले माग गरेका छन ।

‘संसदमा पेश गरिएको उच्च शिक्षा ऐन २०७६ मा यस विश्वविद्यालयलाई प्रदेश विश्वविद्यालयका रुपमा राखिएको छ जुन निकै आपत्तीजनक हो’, केन्द्रिय सदस्य खड्काले भने, ‘शिर्ष नेताहरु मार्पmत हामीले यसलाई सच्याउदै केन्द्रिय विश्वविद्यालयकै रुपमा राखिनुपर्ने माग गरेका छौं ।’

उच्च शिक्षामा समेत पछाडी परेको प्रदेशमाथि ऐनमा विभेद गरिएकाले त्यसलाई सच्याउनुपर्ने केन्द्रिय सदस्य खड्काले बताए । आप्mना मागहरु सम्वन्धमा केन्द्रिय नेतृत्वहरु सकारात्मक रहेको र काठमाण्डौं पुगेर बृहद रुपमा छलफल गर्ने बताएको खड्काको भनाई छ । नेपाल प्राध्यापक संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व अध्यक्ष अमर रोकायले आँफुहरुमाथि सरकारले विभेद गर्न खोजेको बताए । ‘सरकारको बहुविश्वविद्यालय नीति अन्तर्गत वि.सं. २०६७ मा स्थापना भएको विश्वविद्यालयलाई जुन हिसावले प्रदेशमा राख्न खोजिएको छ, त्यो तत्काल सच्याउनु पर्दछ ।’, उनले भने ।

तपाईको प्रतिक्रिया