सिटिजन्स बैंक द्धारा विद्यालयलाई आर्थिक सहयोग

बिनोद कुमार घर्ती

जाजरकोट : सिटिजन्स बैंकले विद्यालयलाई अर्थिक सहयोग गरेको छ । बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय जाजरकोटले बिद्यालय लाई आर्थिक सहयोग गरेको हो । जिल्लाको नलगाड ७ खगेनकोटमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको सिटिजन्स बैंक जाजरकोट शाखाले जनाएको छ ।

बैंकले विद्यालयमा संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत १ लाखको आर्थिक सहयोग गरेको शाखाको जनाएको छ । सोमबार बैंकले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरेको छ । विद्यालयमा खानेपानीको समस्याका कारण विद्यार्थीहरु खानेपानीको समस्या झेल्दै आएका थिए ।


खानेपानी अभावका साथै फोहर पानी पिउन बाध्य बिद्यार्थीहरु अहिले बैंकको सहयोग पछि सफा पानी पिउन पाउने भएको विद्यालय स्रोतले जनाएको छ । ११ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा लामो समय यता खानेपानी ब्यवस्थापनको समस्या रहेको थियो ।

फोहर खानेपानीका कारण झाडापखालाको चपेटामा पर्दै आएको विद्यालय बैंकले खानेपानी ब्यवस्थापन गरे पछि विद्यार्थी शुद्ध खानेपानी पिउन पाउने भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर रावलले जानकारी दिए । विद्यालयमा शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको समस्यालाइ मध्यनजर गरी बैंकले सहयोग गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय जाजरकोटका प्रबन्धन अरविन रेग्मीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार