दोस्रो कर्णाली एक्स्पो महोत्सवको उद्धघाटन (फोटो फिचर)

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा फागुन ६ गतेदेखी १७ गते सम्म चल्ने दोस्रो कर्णाली एक्स्पो महोत्सव उद्धघाटन भएको छ ।‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधार, अर्गानिक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधार’ भन्ने नाराकासाथ उक्त मेलाको उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार गरेका हुन ।

साथै कार्यक्रमका प्रमुख अथिति नन्दबहादुर पुनले कर्णाली प्रदेशलाई कृषि क्षेत्रमा हरु प्रदेश भन्दा कर्णाली अगाडी रहेको बताए ।

उनले भने ‘कर्णाली प्रदेश सबै भन्दा कान्छो  प्रदेश भएता पनि यहाँ धेरै सम्भावनाको  खानी रहेको छ । विभिन्न प्रकारका मनै लोभाउँने प्रकृतिक सम्पदा तथा प्रेट्रोल तथा ग्यासको खानी तथा विभिन्न अन्न बालिको उत्पादन हुने प्रदेश भएकोले महिले केहि ठाउँ भ्रमण गरेको छु र बाकि ठाउँमा भ्रमण गर्ने पनि अपेक्षा राखेको छु ।’

सुर्खेत उद्योघ बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले यसैबिच मेलमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो पटक विमाको पनि व्यमवस्था गरिएका बताए । विमा अन्तर्गत आगलागी, हावाहुरी, भिडभाड, खेलखेल्दा तथा कुनै दुर्घटना भए, हाताहाती भए ६ करोडको विमा पनि गरिएको छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ ।

महत्सवको मुख्उ उद्देश्य भनेको विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवमं व्यापार प्रवर्धन गरिने रहेकोछ । पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिकामात्र रहेनका छन ।  यसैक्षेत्रमै पहिलो पटक लण्डन ब्रिज (प्रवेश द्धार) सहित ब्रुजअल अरब दुबई (सेल्फी जोन) को पनि व्यवस्था गरिएको छ ।

मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्ने भएको छ । सरकार, निजी–सहकारी साझेदारीले कर्णाली एक्स्पो ऐतिहासिक उदाहरण बन्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।

उनिहरुले प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै तीनै पक्षको जिम्मेवारी बराबरी भएको बताएका छन । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गा्निक कृषि उपजहरुको प्रदर्शनी समेत गरिनेछ ।

तपाईको प्रतिक्रिया