दोश्रो कर्णाली एक्सपो महोत्सवमा उप–राष्ट्रपतिलाइ १७ बुदे माग पेश

सुर्खेत : दोस्रो कर्णाली एक्सपोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । मंगलबारदेखी शुरु भएको अर्गानिक सम्मेलनसहितको महोत्सव उद्घाटन गर्दै पुनले उपेक्षित कर्णालीले संघियता पछि आफ्नो भाग्यको फैसला आफै गर्न थालेको भन्दै यसको सकारात्मक सुचकहरु देखा पर्न थालिसकेको बताए ।

उनले नेपालको राजनितिक परिर्वतनका लागी कर्णालीले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै प्राप्त उपलब्धी प्रति गौरव गर्न आग्रह गरे । कर्णाली प्रदेशलाई आर्गानिक प्रदेश बनाउनका लागि दोश्रो कर्णाली एक्सपोले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएको बताउदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकहरुको अहिलेको आवश्यक्ता विकास, समृद्धि र असल सुशासन नै भएको र सोही अनुरुप सरकारले आफ्ना गतिविधि संचलन गरिरहेको बताए ।

सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति नन्दबहादुर पुनलाई १७ बुदे माग पेश गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दोश्रो कर्णाली एकस्पोको उद्घाटनमा सहभागी हुन सुर्खेत आउनु भएका उपराष्ट्रपति पुन समक्ष संघले कर्णाली प्रदेशको विकासका निम्ती पहल गरिदिन भन्दै ज्ञापनपत्र पेश गरेको हो ।

ज्ञापनपत्रमा विद्युत विस्तारलाई तिब्रता दिन, सडक संजालको स्तरउन्नती गर्न र यस क्षेत्रका गौरवका आयोजनाहरुलाई छिटो संचालनमा ल्याउन सरकारका तर्फबाट गर्नु पर्ने आवश्यक नीतिगत तथा भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्न पहल गरिदिन भनिएको छ ।

त्यस्तै ज्ञापनपत्रमा पर्यटकीय क्षेत्रको प्रबर्द्धन र लगानी आकर्षण गर्न आवश्यक नीति निर्माणमा पहल गर्न र प्रदेशलाई अर्गानिक बनाउनका लागि आर्गानिक कृषि अनुसन्धान केन्द्र स्थापना लगाएत आवश्यक नितिगत तयारीका लागि पहल गर्न सहयोग गरिदिन भनिएको छ ।

महोत्सवको उद्घाटनमा अवसरमा आयोजित कार्यक्रममा संघका सुर्खेत अध्यक्ष धनबहादुर रावतले राज्यले लगानी गरे अनुरुपको प्रतिफल दिन निजिक्षेत्र तयार रहेको बताउनु भएको छ ।

आजबाट सुरु भएको दोश्रो कर्णाली एक्सपो फागुन १७ गते सम्म संचालन हुनेछ । महोत्सवमा कर्णालीका अर्गानिक उत्पादनको प्रदर्शनी, नविनतम प्रविधिको प्रयोग लगाएतका प्रदर्शनी कक्षहरु राखिएको छ भने पहिलो पटक लण्डन ब्रिज ९प्रवेश द्धार० सहित सेल्फी जोनको पनि व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया