तुम्बाहाम्फे कानुन मन्त्रीमा नियुक्त

काठमाडौं : निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाम्फेलाई मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।

उपप्रधानमन्त्रीसमेत रहेका समाज वादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको कानुन मन्त्रीको जिम्मेवारी तुम्बाहाम्फेलाई दिइएको हो ।

तुम्बाहाम्फेले अहिले दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए । सभामुखको दाबी गर्दै आएकी तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ । उपसभामुख पद भने अहिले खाली रहेको छ ।

तपाईको प्रतिक्रिया