फोटो पत्रकार महासंघ सुर्खेतकाे अध्यक्षमा : खत्री

सुर्खेत : नेपाल फोटो पत्रकार महासंघ सुर्खेतकाे अध्यक्षमा यज्ञ खत्री चयन भएका छन् । महासंघको सोमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले खत्रीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा नविन शाही (जाजरकोट), सचिव रेवती रमन उपाध्याय (जुम्ला) र सह–कोषाध्यक्ष लक्ष्मी पौडेल (दैलेख) चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा दिनेश कुमार बुढा (दैलेख), जगतदल जनला विक (सुर्खेत), महेश रोकाय (सुर्खेत) छन् । कार्यसमिति कोषाध्यक्ष र बाँकी सदस्यहरुको भने शाखा सुर्खेतको बैठकले मनोनित गर्ने अध्यक्ष खत्रीले जानकारी दिए ।

जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गर्न महासंघका केन्द्रीय महासचिव हरी रेग्मी र केन्द्रीय सदस्य विशाल सुनार सहभागी थिए । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कमल पन्त र महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले हजार शब्दको व्याख्या एउटै फोटोले गर्ने भएकाले यस क्षेत्रका पत्रकारहरुलाई फोटो खिच्नमा अब्बल बनाउनमा ध्यान केन्द्रीय गर्न आग्रह गरे ।

उनीहरुले कर्णालीका हरेक तस्वीरले विश्वको ध्यान केन्द्रीत गराउन सक्ने भएकाले त्यहीँ खालको प्रशिक्षण र तालिम सञ्चालन गर्न नेपाल फोटो पत्रकार महासंघका नयाँ पदाधिकारीहरुलाई सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केशी, महासंघ शाखा सुर्खेतका उपाध्यक्ष ललित बसेल, कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!