पैसा नहुँदा अस्पतालबाट फर्किए सोनी

सुर्खेत : घरको छतबाट खसेर गम्भीर घाइते भएका गुर्भाकोट नगरपालिका–२१ बर्षिय भरत सोनीको उपचारमा समस्या भएको छ । रोजगारीका लागि भारतमा सोनी दुईवर्ष घरको छतबाट खस्दा गम्भिर बनेका थिए ।

उपचारको लागि आर्थिक अभाव भएपछि उनी रोग निको नहुँदै घर फर्किएका छन् । ‘दुई वर्षसम्म भारतको विभिन्न शहरहरुमा उपचार गरायौं तर रोग निको भएन’ उनका आफन्त रमेश विष्टले भने ‘थप उपचारका लागि पैसा नभएपछि घर फर्कायौंँ ।’ घर जग्गा बेचेर १६ लाख खर्च भइसकेको बताउँदै विष्टले थप उपचारका लागि सहयोग गरीदिन सबैसँग अपिल गरेका छन् ।


सोनीअहिले घाटीदेखि तल्लोभाग नचल्ने अवस्थामा चल्न सक्ने अवस्था छैन । सहयोगको लागि विभिन्न निकायसम्म पुग्दा समेत आफुहरुको समस्याप्रति कसैले चासो नदेखाएको उनले जानकारी दिए । सहयोग गर्न चाहने व्यक्तिले ९८६३१५३४१६ मा सम्पर्क गर्नसक्ने विष्टको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार