दोस्रो कर्णाली एक्स्पो महोत्सव मंगलबार देखी सञ्चालन हुदैँ

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा भोली (मंगलबार) फागुन ६ गतेदेखी दोस्रो कर्णाली एक्स्पो महोत्सव संञ्चालन हुने भएको छ । ‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधार, अर्गानिक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधार’ भन्ने नाराकासाथ मेला हुने लागेको एक्स्पो महोत्सव फागुन ६ गतेदेखी १७ गतेसम्म संञ्चालन हुने छ ।

उक्त मेलाको उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे गर्ने कार्यक्रम रहेको सुर्खेत उद्योघ बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जनकारी दिएकम छन । साथै मेलाको काम लगभग अन्तीम चरणमा पुगेको र बाँकी सम्पुर्ण तयारी मंगलबार बिहान सम्ममा सकिने बताएका छन ।

यसैबिच मेलमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो पटक विमाको पनि व्यमवस्था गरिएका आयोजकले जनाएको छ । विमा अन्तर्गत आगलागी, हावाहुरी, भिडभाड, खेलखेल्दा तथा कुनै दुर्घटना भए, हाताहाती भए ६ करोडको विमा पनि गरिएको छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ ।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजको दावी छ । मुलआयोजक समितिका संयोजक समेत रहेका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताएका छन् ।

विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवमं व्यापार प्रवर्धन गरिने भएको छ । पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिकामात्र रहेन उहाँको भनाई छ ।  यसैक्षेत्रमै पहिलो पटक लण्डन ब्रिज (प्रवेश द्धार) सहित ब्रुजअल अरब दुबई (सेल्फी जोन) को पनि व्यवस्था गरिएको छ ।

छ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा झन्डै एक करोड तिस लाख बरार खर्च हुने अनुमान गरिएको छ ।  मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्ने भएको छ । सरकार, निजी–सहकारी साझेदारीले कर्णाली एक्स्पो ऐतिहासिक उदाहरण बन्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।

उनिहरुले प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै तीनै पक्षको जिम्मेवारी बराबरी भएको बताएका छन । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गा्निक कृषि उपजहरुको प्रदर्शनी समेत गरिनेछ ।

तपाईको प्रतिक्रिया