वडास्तरिय करोतेको उपाधि साउथ एशियनको पोल्टामा

सुर्खेत:  वीरेन्द्रनगरमा भएको प्रथम खुल्ला वडास्तरिय कराँते प्रतियोगितको उपधी साउथ एशियन स्कर्लस एकेडेमीको हात पारेको छ ।

वडा नम्बर ४ वडास्तरिय युवा सञ्चालका अध्यक्ष प्रकाश खड्काले दिएको जानकारी अनुसार एशियनले ११ स्वर्ण, ८ काँस्य र ११ रनत जित्दै पहिलो भएको छ ।  प्रतियोगितामा हार्भेष्टमुन सेकेन्डरी स्कूल दोस्रो भएको छ । उसले सात स्वर्ण र तीन रजत हात पारेको छ । त्यस्तै समावेशी डोजोले ६ स्वर्ण, सात काँस्य र १२ रजत हात पार्दै तेस्रो भएको छ ।

वडा नम्बर ४ वडास्तरिय युवा सञ्चालको आयोजना र ४ नम्बर वडा कार्यालयको सह–आयोजनामा भएको खुल्ला प्रथम खुल्ला वडास्तरिय कराँते प्रतियोगितामा कुल एक सय ९३ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा पुरुषतर्फसाउथ एशियनकै निशान खड्का र महिलातर्फ अञ्जना शाही च्याम्यियन भएका छन् । प्रतियोगितामा प्रथमलाई ५ हजार, द्धितियलाई ३ हजार र तृतियालाई २ हजार पुरस्कार मेडल र प्रमाणपत्र हात पारेका छन् ।

तपाईको प्रतिक्रिया