पानी जमेपछि खानेपानी अभाव

हुम्ला : मुहानमा हिउँ जमेर पानी आर्पूति हुन नसकेपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ । पटक पटक गरि धेरै हिमपात हुदा मुहानमा हिउ थुप्रिएर जमेपछि पानी आपुर्ती हुन नसक्नदा खानेपानीको समस्या भएको हो । धारामा पानी नआएको एक महिना भएको बताउदै सिमकोट गाउँपालिका वडा नम्बर ५ की स्थानीय बाँचु रावतले जुन धारामा पानी आउछ, त्यतै लाईन लागेर खानेपानीको गर्जो टार्नु परि रहेको बताइन् ।

रावतका अनुसार पानी आउने धारामा पनि मानिसको लाईन लाग्ने गरेको कारण घण्टौ कुर्नु पर्ने अबस्था भएकाछ । धारामा पानी नआएको कारण घरमा एक जनाको काम पानी थाप्न भएको बताउदै एक महिना देखि कपडा धुन पनि नसकिएको हो । उनको धारामा पनि बरफ जमेको छ ।

धारामा पानी नआएपछि आधा घण्टा लगाएर सिमकोट कै वडा नम्बर ६ को तीन धारामा पानी बोकेर ल्याउनु दैनिकी भएको सिमकोट बजारकी अर्की स्थानीय छिरिङ लामाले बताइन् । धारामा पानी नआएको एक महिना भन्दा बढी भएको कारण घरमा बिहान र बेलुकाको समयमा तनाब हुने गरेको छ । तीन धारामा पनि पानी थाप्न धाउनेको लामै लाईन लाग्ने गरेको छ । यो समस्या हाल सिमकोटमा रावत र लामाले मात्र भोग्नु परेको छैन । यसबाट सिमकोट बजारमा सात सय भन्दा बढी घरधुरीका बासिन्दाहरुले भोग्नु परेको छ ।

त्योसंगै कर्मचारी, प्रहरी र सेनाले पनि सोही समस्या भोग्नु परेको छ । पानीको आबश्यकता भन्दा पनि मुहानबाट कम पानी आई रहेका बेला खानेपानीको मुहानमा ठुलै ढिस्को हिउँ जमेर पानी नै आपुर्ती हुन नसकेपछि सिमकोटमा खानेपानीको समस्या चुलिएको खानेपानी उपभोक्ता समितिका सदस्य राजु रोकायाले बताए । दुई दिन अगाडी मुहानमा जाँदा हिउँ जमेर बरफ बनेकोले पानी आउने सभाबना नभएको उनले बताए । अर्को स्यानो मुहानबाट आएको पानीले केही धारामा पात्र आउने र अधिकांश धारामा पानी आउने गरेको छैन ।

उपभोक्ता समितिले सिमकोट बजार र वडा नम्बर ५ र ६ मा गरि ४८७ नीजि धारा बितरण गरेको छ । त्यसमा सत्तरी प्रतिशत भन्दा बढी धारामा पानी नआउने सदस्य रावतले बताए । त्यसैगरी १२ वटा सार्बजनिक धारामा चार वटामा मात्र पानी आउने गरेको छ। सिमकोटलाई धान्ने खानेपानीको श्रोतको व्‍यवस्थाका लागि गाउँपालिका, वडा, हुम्ला जिल्लाबाट निर्वाचित प्रदेश र संघीय सासद र मन्त्रीहरुलाई पटक पटक जानकारी गर्दै समस्या समधानको लागि पहल गर्न अनुरोध गर्दा पनि कुनै सुनुवाई नभए कारनेकायाले बताए ।

 

तपाईको प्रतिक्रिया