कर्मचारीहरु जनताका सेवक हुन् : चित्रबहादुर रोकाय

चित्रबहादुर रोकाय कृषि विकास निर्देशनालय सुर्खेतमा निमित्त निर्देशक हुन् । आफ्नै मेहनतले निजामति सेवा प्रवेश गरेका रोकायको जन्म २०३४ साल कार्तिक २४ गते सिम्ता गाउँपालिका–५ बजेडाआली सुर्खेतमा भएको हो । आमा लालदेवि रोकाय र बुबा गोपाल रोकायबाट कान्छो सन्ताका रुपमा जन्मिएका उनले निजामति सेवा र जीवन भोगाइबारे आफ्नो अनूभव यसरी साँटे ।

 

चित्रबहादुर रोकाय (निमित्त निर्देशक) कृषि विकास निर्देशनालय, सुर्खेत

 

पढाईमा कहिले असफल भइन

कृषक परिवारमा मेरो जन्म भयो । प्रशस्त जग्गाजमिन भएकै कारण वर्षदिन पुग्ने अन्नपात खेतिबारीबाटै आउथ्यो । तर आयस्रोत थिएन । परिणामतः शहरका राम्रा र निजी विद्यालयमा अध्ययन गर्ने मौका मिलने । गाउँकै सरकारी स्कूलमै अध्ययन गरेँ । सानैदेखि पढाईमा राम्रो गर्नुपर्छ भन्ने मान्यता थियो ।

मेरो मेहनत देखेर हेडसर (प्राध्यापक)ले हौसल्लाह दिइरहनुहुन्थ्यो । म पनि पढाइमा निकै रुचि राख्थेँ । पढाइप्रतिको रुचि र मेहनतकै कारण कहिले पनि असफल हुनुपरेन । सानोछदा शुक्रबार स्कूल जान पाउँथिन । घाँसदाउरा गर्दै २०४० सालतिर नेपाल राष्ट्रिय प्रावि बजेडाआलीबाट औपचारिक रुपमा अध्ययन सुरु गरेँ । त्यहाँ कक्षा पाँचसम्मको अध्ययनपछि नेपाल राष्ट्रिय मावि साउखोलाबाट आठसम्मको अध्ययन पुरा गरेँ ।

माध्यमिक तहको बाँकी पढाई भानु माध्यमिक विद्यालय बजेडीचौरबाट पुरा गरेँ । त्यहीबाटै २०५१ सालको एसएलसीमा म केन्द्रबाट प्रथम भएको थिएँ । एसएलसीपछि उच्च शिक्षाको भैरहवा पुगेँ । कृषि तथा पशु विज्ञान अध्ययन प्रतिष्ठान पब्लिक क्याम्पसबाट भैरहवाबाट आइएसी एजी र कृषि तथा पशु विज्ञान अध्ययन प्रतिष्ठान केन्द्रीय क्याम्पस रामपुर चितवनबाट बीएसी एजी र एमएसी एजी अध्ययन पुरा गरेको छु ।

ट्यूशन पढाइएर खर्च जुटाउँथे

परिवारका कोही पनि सरकारी जागिरे थिएनन् । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । हेडसरको प्रेरणाले एसएलसीपछि कृषि अध्ययन गर्न भैरहवा पुगेँ । आइएसीएजी सकिएपछि केही समय गाउँकै स्कूलमा शिक्षक भएँ । तर थप अध्ययन गर्ने रुचि रहर पुरा भएन ।

गाउँमै पाएको जागिर छोडेर बीएसीएजीको अध्ययन गर्न चितवन पुगेँ । बीएसी पढ्दै गर्दा मलाई आर्थिक समस्या सतायो । समस्या टार्न मैले अनेक उपाय खोजेँ । तर पढाउँदै पढ्दै गर्दा राम्रो हुने देखेपछि मैले ट्यूसन पढाउन थालेँ । ट्यूशन पढाएरै बीएसीलाई निरन्तरता दिएँ । बीएसी तेस्रो वर्षमा पढ्ने समयमा जागिर खाएँ । निजामति सेवामा प्रवेश गरेपछि जागिर र अध्ययनलाई सँगसँगै अगाडि बढाएँ ।

ख्यालख्यालमै जागिर खाएँ

म सरकारी सेवामा प्रवेश अहिलेको जस्तो गर्दा धेरै प्रतिस्पर्धा थिएनन् । जागिर तयारी गरेकै थिएन । तर साथीहरुको संगतले लोकसेवा आयोगको परीक्षा दिएँ । ठूलो मेहनत गरेको थिएन तर ख्लाख्यालमै पहिलो पटकमै जागिर खाएँ ।

२०५९ साल कृषि विकास कार्यालय जुम्लाबाट निजामति सेवामा प्रवेश गरेँ । यो अवधिमा दैलेख, बैतडी, सुर्खेत, काठमाडौं, जाजरकोटहुँदै अहिले कृषि विकास निर्देशनालय सुर्खेतमा निमित्त निर्देशकका रुपमा कार्यरत छु ।

तलव बढ्दा सर्वसाधारणले महंगी व्यहोर्नु परेको छ

नेपालका निजामति कर्मचारीको सेवा सुविधा अन्य देशको तुलनामा धेरै न्यून छ । सरकारले दिएको सेवाले न्यूनतम आवश्यकता पनि पुरा गर्न धौ–धौ पर्छ । परिवर्तित समयमा सरकारले कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी सुविधा दिनु पर्दछ ।


तर कर्मचारीको तलव बढ्दा त्यसको मार सर्वसाधारण भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्छ । कर्मचारीको दश प्रतिशत तलव बढ्दा २० प्रतिशत महंगी बढ्छ । जसको सबैभन्दा ठूलो मार सर्वसाधारण नागरिकले व्यहोर्नु परिरहेको छ ।

सेवाग्राहीलाई साथी ठान्नुपर्छ

जहिले पनि सेवाग्राहीले कर्मचारीबाट राम्रो व्यवहार चाहन्छ । तर सबै कर्मचारीले सेवाग्राहीको भावनालाई बुझ्न सकेका छैनन् । हिजोआज कतिपय कर्मचारीमा गलत मानसिकता हावी हुँदै गएको छ । जसका कारण भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ ।

पछिल्लो समय केही कर्मचारीहरुमा त कमिसनको संयन्त्र विकास भइरहेको छ । सेवाग्राहीको अज्ञानता र राज्य कमजोर कारण भ्रष्टाचार रोकिन सकेको छैन । कसैकसैमा राणाकालको ह्याङओभर पनि कायमै छ । जसले गर्दा कर्मचारीप्रति सर्वसाधारणको हेर्ने नजर गलत छ । आज पनि कर्मचारीको गलत मानसिकता सुध्रिन सकेको छैन ।

जवसम्म कर्मचारीहरुले हामी जनताका सेवा हौँ भन्ने बुझ्दैनन् तवसम्म गलत प्रवितिको अन्त्य हुँदैन । हुन त यो कर्मचारीको व्यवहार र सोचाईमा भर पर्ने कुरा हो । पुरानै सोचाई भएका कर्मचारीमा गतल व्यवहार हट्न सकेको छैन । पछिल्लो समय कर्मचारीहरुले पनि आफूलाई परिर्वतन गराएका छन् । राज्यको सेवा सुविधा उपभोग गरेपछि जनताप्रति जवाफदेही हुनुपर्छ ।

विप्लवले पनि सम्मान गरे

सरकारी सेवामा प्रवेश गरेपछि म थुप्रै जिल्लामा पुगेँ । मलाई जुन ठाउँमा गए पनि सेवाग्राहीलाई खुशी बनाउनुपर्छ भन्ने लाग्छ । सेवाग्राहीप्रति राम्रो व्यवहार गरेकै कारण विप्लव निकट पत्रकार संगठनबाट पनि सम्मान पाएँ । जाजरकोटमा रहँदा जिल्ला परिषदबाट उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएँ ।

सेवाग्राहीप्रति जवाफदेही भएकै कारण जीवनमा खुशीहरु प्राप्त भएका छन् । यसका अलवा गाउँघर कृषकहरुलाई सुल्लाह, सुझाव र सेवा गर्न पाउँदा अझ खुशी मिल्छ । समग्रमा कर्मचारीका नाताले समाजले मलाई दिएको समानले जीवनमा खुशीहरु थपिदिएको छ ।

कर्मचारी भएकै कारण संसार बुझ्ने अवसर आएको हो । जीवनमा जति खुशीहरु मिलेका छन् त्यतिकै संघर्ष र दुःखका पाटाहरु छन् । अध्ययनको समयमा चितवन र भैरहवामा अध्ययन गर्दा गाउँमा आएर घरधन्दा भ्याउनु पथ्र्याे । क्याम्पसको पढाई छोडेर घरमा बर्षे र हिउँदेबाली लगाउन आउँथेँ । त्यो बेला अन्त्यन्त कष्टकर जीवन बिताएँ । दुःखमा हिग्मत नहारेकै कारण आज यो ठाउँमा आइपुगेको छु ।

कृषि उद्यमी बन्ने सोच छ

मेरो जागिरको अवधि धेरै नै बाँकी छ । अवकासपछि एउटा राम्रो कृषि उद्यमी बन्ने सोच छ । पछिल्लो समय कृषि पेशाप्रति नागरिकको वितृष्णा बढ्दै गएको छ । खेतियोग्य जमिनहरु बाँझै छन् । नेपालीहरुले प्याज र लसुन किनेर खानसक्ने अवस्था छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार